दर्शन’bout चर्चा

१.     दर्शनको समान्य परिभाषा, प्रयोजन, क्षेत्र र विभाजन

क)     परिभाषा

  • दर्शन विश्व दृष्टिकोण हो, जसले जीवन र जगतलाई हेर्न, बुझ्न र व्याख्या गर्न सिकाउँछ ।
  • दर्शन विज्ञान हो, जसले प्रकृति, जीवन, समाज र चिन्तनका चालक नियमहरूको ज्ञान गराउँछ ।
  • दर्शन पद्धति हो, जसले वस्तु र घटनाको अध्ययन एवम् विश्लेषण गर्ने तरिका सिकाउँछ ।

ख)     प्रयोजन

  • ड्विश्व दृष्टिकोण निर्माण गर्न सघाउँने ।
  • जीवन पद्धति निर्माण गर्न सघाउँने ।
  • समाज परिवर्तनका नियम सिकाउँने ।

ग)   मूल सवाल या  विषय

  • दर्शनको मूल सवाल पद्धार्थ र चेतना वीच तथा अस्तित्व र चिन्तन विच के सम्बन्ध छ भन्ने हो, जसमा निम्न प्रश्नहरूको उत्तर खोजिन्छ

१) प्राथमिक तत्व के ? पदार्थ कि चेतना ? अस्तित्व कि चिन्तन ?

२) पदार्थमा चेतनाको विकास कि चेतनाद्वारा पदार्थको रचना ?

३) संसार ज्ञेय कि अज्ञेय ?वोधगम्य कि अवोधगम्य ? वुझ्न सकिने वा नसकिने?

घ)     दुई खाले उत्तर र दर्शनका दुई धारा

१)    भाववादी

  • प्राथमिक तत्व चेतना एवम् चिन्तन हो ।
  • चेतनाद्वारा (चैतन्य शक्तिद्वारा) पदार्थ (संसार) को रचना भएको हो ।
  • संसार अज्ञेय एवम् अवोधगम्य (जानिनसक्नु) छ ।

२)    भौतिकवादी

  • प्राथमिक तत्व पदार्थ एवम् अस्तित्व हो ।
  • पदार्थमा चेतनाको विकास भएको हो । चेतना पदार्थको गुण  हो ।
  • संसार ज्ञेय छ, वोधगम्य छ, जान्न सकिकने छ ।

ङ)     भाववाद र भौतिकवाद वीचका भिन्नताहरू

१) भाववादले चेतनालाई प्राथमिक मान्दछ भने भौतिकवादले पदार्थलाई प्राथमिक मान्दछ ।
२) भाववादले चेतनाबाट पदार्थको अस्तित्व निर्धारण हुने मान्दछ भने भौतिकवादले पदार्थबाट चेतनाको निर्धारण हुने मान्दछ ।
३ ) भाववादले संसार अज्ञेय वा अवोधगम्य भएको मान्दछ भने भौतिवादले संसार ज्ञेय वा वोधगम्य छ भन्दछ ।
४) भाववादले ईश्वर नामको एक सर्वशक्तिमान, नित्य, सर्वव्यापी, निराकार र अविनाशी शक्ति छ भन्ने विश्वास गर्दछ भने भौतिकवादले ईश्वर काल्पनिक शक्ति मात्र हो, यथार्थमा त्यस्तो कुनै शक्ति छैन भन्ने मान्दछ ।
५) भाववादले ज्ञान ईश्वरबाट प्राप्त हुन्छ भन्दछ भने भौतिकवादले ज्ञान व्यवहार बाट प्राप्त हुने मान्दछ ।
६) भाववादले समाज ईश्वरको रचना भएको मान्दछ भने भौतिकवादले समाज मानवीय रचना हो भन्दछ ।
७) भाववादले आत्मा अमर भएको र पूर्वजन्म पुर्नजन्म भैरहने मान्दछ भने भौतिकवादले आत्माको अमरता र पूर्वजन्म पुर्नजन्म हुन्छ भन्ने कुरा मान्दैन ।
८) भाववादले धर्मशास्त्रमा विश्वास गर्छ भने भौतिकवादले विज्ञानमा विश्वास गर्छ
९) भाववादले प्रतिकृयावादी वर्गको पक्षपोषण गर्दछ भने भैतिकवादले श्रमजीवि वर्गको पक्षपोषण गर्दछ ।

च)     भौतिवादको विकासक्रम

स्वत  स्फूर्त प्रकृतिवादी भौतिकवाद ( छैठौं – प्रथम शताब्दी ई.पू.)
(चार्वाक, वृहस्पति, थेल्स, हेराल्किट्स, डेमोक्रेट्स्, बाङ्ग छवान सान आदि)

  • यान्त्रिक भौतिकवाद र भद्धा भैतिकवाद (सत्रैं शताब्दी–वेकन, हब्स, देकार्त आदि)
  • अधिभौतिकवाद (सत्रौं–अठारौं शताब्दी ई.– स्पिनोजा, लक, लोमोनोसोव, रडिश्चेव आदि)
  • क्रान्तिकारी जनवादी भौतिकवाद (उन्नाइसौं शताबदी ई.– वेलेन्स्की, हर्जेन, चेर्नेसेस्की, दोब्रोल्यूवोव आदि)
  • द्वन्द्वात्मक र ऐतिहासीक भौतिकवाद (उन्नाइसौं–विसौं सताब्दी–माक्र्स, एंगेल्स, लेनिन, माओ; आदि)

२.     माक्र्सवाद र माक्र्सवादी दर्शन

क.    मक्र्सवादको परिभाषा
माक्र्सवाद एक वैज्ञानिक दर्शन, क्रान्तिकारी समाज विज्ञान र राजनीतिक अर्थशास्त्र हो, जसले श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिर्वतनका निमित्त मार्गदर्शन गर्दछ

ख.    माक्र्सवादका संघटक अङ्ग

१.    दर्शन (द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद)
२.   समाजशास्त्र (वैज्ञानिक समाजवाद र वर्ग संघर्षको सिद्धान्त)
३.   अर्थशास्त्र (अतिरिक्त मूल्यको सिद्धान्त)

ग.    माक्र्सवादको सिर्जनाका आधारहरू

१.    आर्थिक – सामाजिक आधार

  • सामन्तवादको अन्त्य र पूँजीवादको उदय ।
  • पूँजीवादी समाजका अन्तर्विरोधको विकास ।
  • पूँजीपति वर्गका विरुद्ध मजदूर वर्गीय  वर्ग संघर्षको शुरुआत ।

२.    सैद्धान्तिक आधार

  • जर्मन शास्त्रीय दर्शन  (हेगेल र फायरवाखबाट विकसित)

फ्रान्सेली काल्पनिक समाजबाद  (थोमस मूर, सेन्ट साइमन, रवर्ट ओवेन, चाल्र्स फूरिए आदिद्वारा प्रस्तुत)

  • वेलायती राजनीतिक अर्थशास्त्र (खासगरी डेविड रेकार्डो र एडम स्मिथद्वारा विकसित श्रम मूल्य सिद्धान्त) ।

३.    वैज्ञानिक आधार

  • हरेक जीवको शरीर जीवकोषबाट बनेको छ भन्ने नियमको आविस्कार ।
  • उर्जा शक्तिको संरक्षण र रूपान्तरण सम्बन्धी नियमको आविस्कार ।
  • जीव विकास सम्बन्धि सिद्धान्तको प्रतिपादन  ।

घ.    माक्र्सवादद्वारा दर्शनमा क्रान्ति

१)    संसार परिर्वतनको घोषण

  • संसारको व्याख्या मात्र गरेर हुदैन ।
  • मुख्य सवाल संसार परिवर्तनको हो ।

२)    यान्त्रिकतावादबाट मुक्ति

  • घटनाहरू यान्त्रिक कारण र वाह्य प्रभावले मात्र घट्दैनन् ।
  • हरेक वस्तु वा घटना स्वयम् गतिशील हुने हुँदा गतिको श्रोत वस्तु वा घटनामै हुन्छ ।
  • गतिका रूप यान्त्रिक मात्र होइन भौतिक,रासायनिक,जैविक र सामाजिक समेत हुन्छन् ।

३)    अधिभौतिकवादबाट मुक्ति

  • संसार तमाम वस्तु, घटना र प्रकृयाहरूको एकत्व हो ।
  • पदार्थको गति अरोही चरित्रको हुन्छ ।
  • विकास या परिवर्तन मात्रामा मात्र होइन गुणमा पनि हुन्छ ।

४)    भद्धा भौतिकवादबाट मुक्ति

  • चेतना स्वयम् पदार्थ नभई पदार्थको विशिष्ट गुण हो ।
  • चेतनाको श्रोत पदार्थ वा वस्तुगत जगत हो भने यसको आधार एवम् माध्यम व्यवहार हो ।
  • परावर्तनको गुण पदार्थका सबै रूपमा हुन्छ तर सबै परावर्तन चेतना होइन ।
  • पदार्थका सबै रूपमा चिन्तन शक्ति वा क्षमता हुदैन ।

५)    समाजको भौतिकवादी व्याख्या

  • समाजको निर्माण र विकासमा भौतिक नियम या आधारले काम गर्दछन् ।

६)    दर्शन कार्यपद्धति समेत भएको देखाउनु

  • दर्शन केवल चिन्तन या ज्ञान पद्धति मात्र नभएर कार्य पद्धति पनि हो ।
  • दर्शन चिन्तनमा मात्र होइन व्यवहारमा पनि लागु हुन्छ ।

७)    भौतिकवाद र द्वन्द्ववाद वीच एकता कायम गर्नु

  • द्वन्द्वका नियम चिन्तनको क्षेत्रमा मात्र होइन प्रकृति, जीवन र समाजमा पनि लागु हुन्छन् ।

८)    दर्शन र विज्ञान सहयोगि हुन् भन्ने देखाउनु

  • पहिला अस्पष्ट रहेको दर्शन र विज्ञान वीचको सम्बन्धमा स्पष्टता ।

९)    रुढीवादबाट मुक्ति

  • धर्मले फैलाएको अन्धविश्वासको जालोवाट चिन्तनलाई मुक्त पार्नु ।

१०)    श्रमिक वर्गको मुक्तिमा मार्गदर्शन

  • श्रमिक वर्गको पक्षपोषण,
  • समाज परिवर्तनमा श्रमजीवी वर्गको निर्णायक भूमिका ,
  • इतिहासका निर्माता श्रमजीवी जनता हुन् भन्ने निष्कर्ष ।

ङ.    माक्र्सवादी दर्शन

  • जीवन र जगतलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी ढंगले हेर्ने, बुझ्ने र वयाख्या गर्ने तथा संसार वदल्नका निम्ति मार्गदर्र्शन गर्ने विश्वदृष्टिकोण ।
  • प्रकृति, जीवन, समाज र चिन्तनका चालक नियमहरूको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी ढंगले अध्ययन गर्ने विज्ञान ।
  • वस्तु र घटनाको अध्ययन तथा विश्लेषण द्वन्द्वात्मक र ऐतिहासिक ढंगले गर्ने पद्धति ।

च.    माक्र्सवादी दर्शन र अन्य दर्शन वीचको मूल भिन्नता

अरु दर्शनले संसारको व्याख्या मात्र गर्छन भने माक्र्सवादी दर्शनले संसार वदल्ने कुरा समेत गर्दछ ।

छ.    माक्र्सवादी दर्शनका दुई पक्ष

१) द्वन्द्वात्मक भौतिकवाद ।    २) ऐतिहासिक भौतिकवाद ।

३.    द्वन्द्वात्मक भौतिकवाद

क)    द्वन्द्व र द्वन्द्वात्मकता
–     द्वन्द्व दोहोरो गतिको योग हो । दोहोरो गतिनै द्वन्द्वात्मक  गति हो ।
–     द्वन्द्व दोहोरो  क्रियाको योग हो । दोहोरो क्रिया द्वन्द्वात्मक क्रिया हो ।
–     द्वन्द्व प्रतिपक्षहरूविच एकता र संघर्षको योग हो ।
–     दोहोरो गति, दोहोरो क्रिया र प्रतिपक्षहरू वीच एकता र संघर्ष नै द्वन्द्वात्मकता हो ।

ख)     द्वन्द्ववाद
–     पदार्थमा अन्तरर्निहित द्वन्द्वात्मक गतिनै सम्पूर्ण वस्तु  र घटनाको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण एवम् मूल श्रोत हो भनेर मान्ने दर्शन ।

ग)     द्वन्द्धवादको विकासक्रम
–     प्राचिन ग्रिस र दक्षिण एशियाको स्वतःस्फूर्त भौतिकवादी द्वन्द्ववाद (हेराकिट्स,एरिस्टोटल कणाद आदि )
–    अठारौं – उन्नाइसौं शताब्दिको भाववादी द्वन्द्ववाद (कान्ट, फिक्टे, सेलिङ्ग हेगेल आदि)
–    उन्नाइसौं–विसौं सताब्दीको वैज्ञानिक भौतिकवादी द्वन्द्ववाद (कार्ल माक्र्स, फ्रेडरिख एंगेल्स, ल्पेखानोव, लेनिन आदि)

घ)    अधिभौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद वीचका भिन्नताहरू

१) अधिभौतिकवादले पदार्थमा गति हुन्छ भन्ने मान्यता मात्र राख्दछ भने द्वन्द्वात्मक  भौतिकवादले पदार्थमा गतिका साथै प्रगति पनि हुन्छ भन्ने मान्यता राख्दछ ।
२) अधिभौतिकवादले पदार्थबाट चेतनाको निर्धारण हुन्छ भन्ने मान्यता मात्र राख्छ  भने द्वन्द्वात्मक भौतिकवादले पदार्थबाट चेतनाको निर्धारण हुन्छ र चेतनाले पदार्थमा प्रभाव पार्दछ भन्ने मान्यता समेत राख्दछ ।
३) अधिभौतिकवादले संसार वाह्य शक्ति (अर्थात अलौकिक शक्ति) को प्रभावले चल्दछ भन्ने मान्यता राख्दछ भने द्वन्द्वात्मक भौतिकवादले संसार पदार्थमा अन्र्तनिहित द्वन्द्वात्मक गतिको कारणले चल्दछ अर्थात गतिको स्रोत स्वयंम् पदार्थमा नै हुन्छ भन्ेन मान्यता राख्दछ ।
४) अधिभौतिकवादले संसारका वस्तु र घटनाहरू पृथक–पृथक, एक अर्कोसँग असम्वद्ध र स्वतन्त्र हुन्छन् भन्ने मान्यता राख्दछ  भने द्वन्द्वात्मक भौतिकवादले वस्तु र घटनाहरू पूर्णत ः स्वतन्त्र नभै एकअर्को संग सम्बद्ध  एवम् अन्तर्सम्बन्धित हुन्छन् भन्ने मान्यता राख्दछन् ।
५) अधिभौतिकवादले केवल मात्रात्मक परिवर्तन अर्थात जे अस्तित्वमा छ  त्यसैको मात्रामा वा संख्यामा वृद्धि वा ह्र्रास मात्र हुने मान्दछ भने द्वन्द्वात्मक भौतिकवादले मात्रात्मक परिवर्तनका साथै गुणात्मक रूपान्तरण या  फड्को मार्दै विकासको गति अगाडि वड्दछ भन्ने मान्यता राख्दछ ।
६) अधिभौतिकवादले गति वृत्ताकार हुन्छ भन्ने मान्यता राख्दछ भने द्वन्द्वात्मक भौतिकवादले गति आरोही अर्थात माथि उठ्दै जाने हुन्छ भन्ने मान्यता राख्दछ ।

ङ)     द्वन्द्वात्मक भौतिकवादमा अध्ययनका विषय

  • पदार्थ र यसको अस्तित्वको रूप तथा गति र गतिका रूप ।
  • चेतना, यसको निर्धारण तथा आधार एवम् मापण्ड ।
  • द्वन्द्ववादका मूल नियम र प्रवर्गहरू
  • द्वन्द्ववादी ज्ञान सिद्धान्त ।

च)  पदार्थ
चेतनाभन्दा वाहिर स्वतन्त्र अस्तित्वमा रही मस्तिष्कमा प्रतिविम्वित, चित्रित र अनुभूत हुने वस्तुगत वास्तविकतालाई व्यक्त गर्ने दार्शनिक भाव ।

छ)   पदार्थका रूप
ठोस,तरल,ग्याँस र प्लाज्मा तथा विधुतीय तरङ्ग एवम् चुम्वकीय क्षेत्र ।

ज)   पदार्थको अस्तित्वका सार्वभौम रूप दिक् र काल

१) दिक् भौतिक पिण्डमा आयाम  (लम्वाई ,चौडाई र मोटाई) हुनु , निश्चित ठाँउ ओगट्नु र अन्य वस्तुको माझमा रहनु ।
२) काल – भौतिक प्रकृया तथा वस्तु र घटनाहरू एकपछि अर्को गरेर अस्तित्वमा आयम निश्चित समयावधिसम्म अस्तित्वमा रही विभिन्न स्तर एवम् अवस्थामा विकसित हुनु र अस्तित्वबाट लोप हुनु ।

झ)   गति
–     पदार्थको रूप  एवम् अवस्थामा परिवर्तन ।
–     पदार्थको निरपेक्ष एवम् नित्य कृया ।

ञ)  गतिका आधारभूत रूप
१)    यान्त्रिक दिक्मा भौतिक पिण्डको स्थानान्तरण (वाह्य कारण वा प्रभावले हुने
२)    भौतिक पदार्थका परमाणुहरूको गति तथा तापीय, विधुतीय, चुम्वकीय, अन्तर्आणविक र अन्तर्नाभिकीय गति ।
३)    रासायनिक रासायनिक तत्वका अणुहरूको संयोजन र वियोजनको गति, जसले गर्दा यौगिकहरूको संघटन र विघटन क्रिया चल्दछ ।
४)    जैविक उपापचय प्रणाली (भतबदयष्किm० को गति, जसले गर्दा जीवन वाहक प्रोटिन पिण्डहरूको रचना एवम् स्वःनविकरण प्रकृया चल्दछ ।
५)    सामाजिक भौतिक उत्पादन कार्यको गति, जसले गर्दा समाजको विकास प्रकृया अगाडि बढ्दछ

ट)     चेतना

  • मस्तिष्कमा भौतिक वास्तविकताको प्रतिविम्व उताने कार्य ।
  • मस्तिष्कको क्रिया एवम् गुण ।
  • पदार्थको दीर्घकालीन विकासको उपज ।
  • वस्तु परावर्तनको उच्चतम रूप ।
  • चेतनाको स्रोत वस्तुगत जगत र माध्यम श्रम या व्यवहार हो । यसको मापदण्ड (कसी) पनि व्यवहार नै हो ।

ठ)    द्वन्द्ववादका मूल नियम
(वस्तु वा घटनाको अस्तित्व र विकासमा निर्णायक भूमिका खेल्ने स्थायी एवम् दोहोरिरहने अत्यावश्यक आन्तरिक सम्बन्धहरूलाई नियम भनिन्छ ।)
१)     प्रतिपक्षको एकता र संघर्षको नियम

  • पदार्थका हरेक परमाणुमा धनात्मक र ऋिणात्मक विधुत धारा हुन्छन् ।
  • चुम्वकमा उत्तरी ध्रुव र दक्षिणी ध्रुव हुन्छन्
  • रासायानिक तत्वहरूमा संयोजन र बियोजन क्रिया हुन्छ ।
  • हरेक जैव शरिरमा उपापचय क्रृया चलिरहन्छ ।
  • समाजको उत्पादन प्रणालीमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध हुन्छन् ।
  • तार्किक ज्ञानमा अमूर्त चिन्तन र विम्व निमार्ण तथा विश्लेषण र संश्लेष्ण कार्य हुन्छ ।

२)    मात्रात्मक परिवर्तन र गुणात्मक रूपान्तरणको नियम

  • वस्तुको मात्रामा भिन्नता, उर्जाको मात्रामा भिन्नता र सम्बन्ध या अन्तर्विरोधको मात्रामा भिन्नताले गुणमा भिन्नता आउँछ ।
  • इलोक्ट्रोन र प्रोटोनको संख्या फरक हुदाँ भिन्न तत्वको परमाणु वन्दछ ।
  • ज्द्दइ  हुदाँ पानी बन्दछ भने  ज्द्दइद्द हुँदा हाइड्रोजन पेराक्साइड वन्दछ ।
  • जीव कोषको केन्द्रिकामा रहने जीवसूत्र एवम् जीव वीज (ऋजचयmयकयmभ० को जोडी संख्यामा भिन्नता हुदाँ फरक खालको जीवकोष बन्दछ । (भ्यागुताको १३, मुसाको २०, मान्छेको २३, नरवानरको २४, मटरकोसाको ७, प्याजको ८, ऊखुको ४० जोडी) ।
  • पानी ० डिग्रि से.को तापक्रममा बरफ, १०० डिग्रि से. मा बाफ र ५५० डिग्रि से. मा ल्पाज्मा बन्दछ ।
  • सामाजिक सम्बन्ध या अन्तर्विरोधको मात्रामा हुने भिन्नताले समाजको अवस्थामा परिवर्तन हुन्छ  ।

३)     निषेधको निषेध हुने नियम

  • वस्तु वा घटनामा गुणात्मक परिवर्तन हुदाँ अस्तित्वको पुरानो रूप लोप हुने र नयाँ रूप अस्तित्वमा आउने अविच्छिन प्रकृयाको नियम ।
  • हाइड्रोजन र अक्सिजन निषेध भएर पानी वा हाइड्रोजन पेराक्साइड  बन्नु ।
  • बरफ निषेध भएर पानी तथा पानी निषेध भएर वाफ अनि वाफ निषेध भएर ल्पाज्म बन्नु ।
  • पुराना जीवकोष नष्ट हुनु र नयाँ जीवकोष बन्नु ।
  • पुराना उत्पादन सम्बन्ध विस्थापित भै नयाँ उत्पादन सम्बन्ध  स्थापित हुनु ।
  • पुरानो सामाजिक व्यवस्था  विस्थापित भै नयाँ सामाजिक व्यवस्था स्थापित हुनु ।

ड)     दर्शनका भाव या प्रवर्गहरू

१)     आम र विशेष वा समष्टि र व्यष्टि

  • वस्तु वा घटनाहरूको साझा लक्ष्यण तथा चरित्रको समुच्चय आम वा समिष्ट हो भने कुनै खास वस्तु वा घटनाको पृथक वा विशिष्ट लक्ष्यण एवम् चरित्र विशेष वा व्यष्टि हो ।
  • विशेषको समुच्चय आम हो । व्यष्टिको समुच्च समष्टि हो ।
  • घातु आम, फलाम विशेष । अनाज आम, गहुँ विशेष । जनावर आम, मान्छे विशेष जनवादी क्रान्ति आम, नेपालको जनवादी क्रान्ति विशेष ।

२)     कारण र कार्य

  • कुनै खास घटनाको आधारका रूपमा रहेको अर्को घटना या घटना समुह कारण हो भने त्यस कारणको असरले उत्पन्न हुने घटना चाहिँ कार्य हो ।
  • कारण विना कुनै पनि घटना घट्दैन, कार्य हुदैन ।
  • उत्पादनका साधनमाथिको व्यक्तिगत स्वामित्व कारण हो भने शोषण, वेरोजगारी, उत्पादन र वितरणमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा, वर्ग संघर्ष आदि कार्य हुन् ।

३)     सार र रूप

  • वस्तु या घटनाका आन्तरिक तत्व या सघंटक अङ्ग र प्रकृयाहरूको समुच्चय सार हो भने सारको संघटन  या संरचना रूप हो ।
  • रूप सारबाट वनेको हुन्छ भने सार रूपमा प्रकट हुन्छ
  • उत्पादक शक्ति सार हो, उत्पादन सम्बन्धहरू रूप हुन् ।
  • जनवाद सार हो भने एकदलीयता वा वहुदलीयता रूप हो ।

४)     अन्तर्वस्तु र आकृति वा स्वत्व र  घटनाक्रम

  • वस्तु र घटनाको आन्तरिक एवम् आधारभुत र अपेक्षाकृत स्थिर पक्ष अन्र्तरवस्तु वा स्वत्व हो भने स्वत्वको वाहिरी रूप  या प्रकट रूप आकृति या घटनाक्रम हो ।
  • अन्तर्वस्तु वा स्वत्व आकृति वा घटनाक्रममा प्रकट हुन्छ ।
  • विधुत अन्तर्वस्तु हो भने रेडियो ,पंखा,टिभी, लाइट, मोटर आदि घटनाक्रम हुन् ।
  • आर्थिक सामाजिक सम्बन्ध अन्तर्वस्तु हुन् भने व्यवहार घटनाक्रम हो ।
  • नियम कानून अन्तर्वस्तु हुन् भने तिनको कार्यान्वयन घटनाक्रम हो ।

५)     संभावना र वास्तविकता

  • वस्तु वा घटनाको नयाँ रूपको उपस्थितिका निम्ति वर्तमानमा विद्यमान पूर्वाधार संम्भावना हो भने सम्भावनाको कार्यान्वयन या यथार्थीकरण वास्तविकता हो ।
  • सम्भावना व्यवाहारमा लागु या कार्यान्वयन भएपछि वास्तविकता हुन्छ ।
  • भ्रूणबाट बच्चा जन्मन सक्ने सम्भावना हुन्छ भने बच्चा जन्मिसकेपछि वास्तविकता हुन्छ ।
  • क्रान्ति हुनसक्ने संम्भावना हो भने क्रान्ति भैसकेपछि वास्तविकता हो ।

६)     अनिवार्यता वा नियमितता र आकस्मिकता

  • पदार्थको गतिका नियमको आधारमा निश्चित समयक्रममा घटना घट्नु अनिवार्यता वा नियमितता हो भने अनिश्चित रूपले अचानक कुनै घटना घट्नु आकस्मिकता हो ।
  • वर्षा हुनु र लगाएको वाली तयार हुनु अनिवार्यता हो वा नियमितता हो भने अचानक आँधी–हुरी या असिनाले वाली नष्ट पारिदिनु आकस्मिकता हो ।
  • पृथ्वीले सूर्यको परिक्रमा गर्नु नियमितता हो भने भूकम्प आउनु आकस्मिकता हो ।
  • भ्रूणबाट वच्चा जन्मनु अनिवार्यता वा नियमितता हो भने गर्भ पतन हुनु आकस्मिकता हो ।

४.     द्वन्द्ववादी ज्ञान सिद्धान्त

क)     परिभाषा
मानव मस्तिष्क एवम् ज्ञानेन्द्रियहरूमा वाह्य जगत एवम् पदार्थ अर्थात वस्तु, घटना र प्रकृयाको अस्तित्व एवम् गुण दोष र सम्बन्धहरूको वोध हुनु नै ज्ञान हो ।

  • ज्ञानको स्रोत वस्तुगत जगत हो ।
  • ज्ञानको माध्यम र मापदण्ड व्यवहार हो ।
  • ज्ञानको आधारविन्दु वस्तु परावर्तन हो ।
  • सत्य सापेक्ष र निरपेक्ष हुने भएकोले ज्ञान पनि सापेक्ष र निरपेक्ष हुन्छ ।

ख)     ज्ञान प्राप्तिको प्रक्रिया र विकासक्रम
१)     इन्द्रियग्राह्य ज्ञान
(ज्ञानेन्द्रियद्वारा वास्तविकताको प्रत्यक्ष वोध, मूर्त परावर्तन, ज्ञानेन्द्रियसंग वस्तु वा घटनाका गुणधर्मको वोध हुनु ।)

  • सम्वेदना सम्पर्कमा आएका वस्तु या घटनाका गुणधर्मको वोध हुनु ।
  • समग्र प्रतिविम्वन सम्पर्कित वस्तु वा घटनाको आन्तरिक वनोट ’bout वोध हुनु
  • अवधाराण निर्माण सम्पर्कमा आएका वस्तु वा घटनाको स्मरण गरी मानसपटमा प्रतिमूर्ति निमार्ण । वस्तु वा घटनाको वैचारीक रचना ।

२)     तार्किक वा वुद्धिसंगत ज्ञान
(भावात्मक चिन्तन तथा भाषा आदि माध्यमबाट वास्तविकताको वोध)

  • भावात्मक चिन्तन वस्तु वा घटना का आम एवम् अनिवार्य गुण र विषेशताको जानकारी ।
  • निक्र्योल विभिन्न वस्तु र घटना वीचको भिन्नता वोध र तुलना ।
  • अनुमान पुराना निक्र्यौलका आधारमा नायँ निक्र्योल ।

(अनुमानपछि काल्पिनिक चिन्तन, त्यसपछि व्यवहार अनि अनुभव र अनुभवका आधारमा नयाँ चिन्तन ) ।

३)     वैज्ञानिक ज्ञान
(वस्तु वा घटनाका आन्तिरिक स्वभाव, सारतत्व र नियमहरूको सही जानकारी)

  • प्रयोगात्मक विधि निरीक्षण , प्रयोग , तुलना  र मोडलिङ्ग ।
  • सैद्धान्तिक विधि विश्लेषण , संश्लेषण, आगमन , निगमन आदि ।

ग)     ज्ञान प्राप्तिको द्वन्द्वात्मकता
प्रत्यक्ष वोध – भावनत्मक  चिन्तन – व्यवहार – अनुभव – थप ज्ञान ।

५.    ऐतिहासिक भौतिकवाद
क)     परिभाषा

  • इतिहासको भौतिकवादी व्याख्या गर्ने दार्शनिक मान्यता ।
  • समाजको विकास र परिर्वतनका वस्तुगत नियमहरूको अध्ययन गराउने विज्ञान या शास्त्र ।

ख)     अध्ययनका विषय

  • समाज विकासका आम एवम् चालक नियमहरू ।
  • सामाजिक, राजनीतिक र संंरचनागत विकासका पक्षहरू ।
  • भावनात्मक, वैचारिक र साँस्कृतिक विकासका पक्षहरू ।

ग)    ऐतिहासिक भौतिकवादको मूलसवाल

  • आधार र संरचनाको अन्तर्सम्बन्ध के ? आधार प्रधान कि संरचना प्रधान ? (आधार प्रधान हो । आधार अनुरूपको संरचना बन्दछ) ।

घ)     समाज’bout दुई दृष्टिकोण

  • समाज ईश्वरको रचना हो , दैवी शक्तिको रचना हो ।
  • समाज भौतिक सम्बन्धहरूको समष्टि हो, मानवीय सिर्जना  हो ।

ङ)     समाजको वस्तुवादी परिभाषा

  • समाजशास्त्रीय भाषामा मानव जीवनको आर्थिक–सामाजिक संरचनाको कुल योग , आर्थिक आधार र माथिल्लो संरचनाको समष्टि । (आर्थिक आधार उत्पादक शक्ति र उत्पादन सम्बन्धको योग हो । संरचना राजनीतिक, सामाजिक, साँस्कृतिक, वैधानिक या कानूनी र वैचारिक सम्बन्धहरको योग हो) ।
  • दार्शनिक भाषामा समाज पदार्थको गतिको सामाजिक रूप हो ।

च)     समाज विकासका नियमहरू
१)     भौतिक उत्पादनको निर्णयक भूमिका समाजको निमार्ण, विकास र परिवर्तनमा भौतिक उत्पादन कार्यको निर्णायक भूमिका रहन्छ । भौतिक उत्पादन भनेको स्वम् मानव र मानवीय जीवन निर्वाहका निम्ति आवश्यक साधन या वस्तुको उत्पादन हो ।
२)     आधार अनुरूपको संरचना समाजको आधार जस्तो हुन्छ त्यसै अनुरूपको संरचना वन्दछ  । समाजको आधार आर्थिक उत्पादन प्रणाली हो । आर्थिक आधार जस्तो हुन्छ त्यस्तै संरचना वन्दछ । अर्थिक सम्बन्धले अन्य सम्बन्धको निर्धारण हुन्छ ।
३)     अस्तित्वद्वारा चेतनाको निर्धारण चेतनाले अस्तित्व निर्धारण गर्ने होइन, अस्तित्वले चेतना निर्धारण गर्दछ । भौतिक परिवेशले चिन्तनको निर्माण र व्यवहारलाई आधार प्रदान गर्दछ । चेतना वा चिन्तनले भौतिक परिवेशको परिर्वतनमा भूमिका खेल्दछ ।
४)     वर्गीय समाज परिवर्तनको मूल सम्बाहक वर्ग संघर्ष वर्गीय समाजको मूल विभेद वर्ग विभेद हो । अन्य विभेद सहायक वा गौण हुन् । वर्ग विभेद अन्त्य गर्ने मुल माध्यम वर्ग संघर्ष हो । अन्य विभेद विरुद्धको संघर्षलाई वर्ग संघर्षसंग जोडनु पर्दछ ।
५)     इतिहासका निर्माता श्रमजीवी जनता  भौतिक संरचना निमार्ण कर्ता भएकोले, श्रमका औजारको निर्माण र परिमार्जन गर्ने भएकोले, जीवन निर्वाहका वस्तु वा साधनको उत्पादनकर्ता भएकोले, वौद्धिक मूल्यको सिर्जनाकार भएकोले, सामाजिक – राजनीतिक संगठन निमार्ण र परिचालन गर्ने भएकोले र परिवर्तनका निम्ति संघर्ष संचालन गर्ने भएकोले ।

छ)     समाजको उत्पत्ति र विकास

  • मानवीय जीवन निर्वाहका निम्ति आवश्यक भौतिक वस्तु एवम् साधनहरूको उत्पादन गर्ने शिलशिलामा मानिसहरूले मिलेर काम गर्न थालेपछि समाजको प्रारूप तयार भएको हो ।
  • उतपादक शक्तिको विकास र उत्पादन प्रणालीमा आउने परिवर्तनसंगै समाजको विकास र परिवर्तन अगाडि बढ्दछ ।
  • उत्पादन संघर्ष, वैज्ञानिक प्रयोगको संघर्ष र वर्ग संघर्षले समाजलाई अगाडि बढाउँछ ।

ज)    सामाजिक संरचना (वंश, गण,जन,जाति, राष्ट्र)

१)     वंश या कुल

  • रक्त सम्बन्धका आधारमा गठित सबैभन्दा आदिम संरचना।
  • एउटै आमा वा आमा वावुका सन्तानको समुह ।
  • सामुहिक स्वामित्व, सामुहिक उत्पादन,सामुहिक उपभोग, सामुहिक निर्णय ।

२)     गण

  • विभिन्न वंशका तर एउटौ भाषा बोल्ने र एकै क्षेत्रमा वस्नेको समुह ।
  • सामुहिक स्वामित्व, उत्पादन तथा उपयोग र सामुहिक निर्णय ।

३)     जन या जनजाति

  • संगोत्रीय गणहरूको सम्मिलनबाट वनेको, एउटै धर्म र देउता मान्ने , एकै किसिमका रीतिरिवाज, चालचलन र संस्कारको पालना गर्ने, एउटै भाष बोल्ने र एकैखाले भेषभुषा भएका मनिसको समुह ।
  • रगतको साईनोभन्दा बढी भाषा र सँस्कृतिको एकतामा आधारित ।
  • शिकार, पशुपालन, खेतिपाती र वस्तु विनिमय यसका आर्थिक आधार हुन् ।

४)     जाति

  • जनभन्दा विकसित समुह या संगठन ।
  • एउटै जनले विकास गरेर वा विभिन्न जनहरूको भाषिक एवम् साँस्कृतिक सम्मिलन तथा वसोबास क्षेत्रको एक्यताबाट जातिको उदय हुन्छ ।
  • कृषि, शिल्प, कुटिर उद्योग र मुद्रामा आधारित व्यापार यसका आर्थिक आधार हुन् ।

५)     राष्ट्र

  • पूँजीवादी युगको सामाजिक संगठन
  • आाधुनिक उद्योगधन्दा, वाणिज्य–व्यापार र वित्तीय कारोवार यसका आर्थिक आधार हुन् ।
  • एक निश्चित भूभागमा बस्ने जनजाति र आर्थिक समुहका मानिस घुलमिल भएर साझा अर्थव्यवस्था, साझा भाषा, साझा सँस्कृति र साझा मनोभावनाको निमार्ण गरेपछि राष्ट्रको उदय हुन्छ ।

झ)     राज्य वा राज्यसत्ता

  • समाजको आर्थिक आधारमा पकड जमाएको वर्गले विरोधी वर्गमाथि नियन्त्रण र दमन समेत गर्ने राजनीतिक संगठन एवम् शक्ति ।
  • समाज विकासको निश्चित चरणमा प्रकट भएको असाध्य वर्ग विरोध र संघर्षको उपज ।

ञ)     सामाजिक क्रान्ति

  • उत्पादक शक्तिको विकासमा वाधक वनेका पुराना उत्पादन सम्बन्धहरूको विस्थापन र नयाँ उत्पादन सम्बन्ध स्थापित गर्ने कार्य ।
  • पुरानो आर्थिक – सामाजिक संरचनालाई विस्थापित गरी नयाँ आर्थिक – सामाजिक संरचना स्थापित गर्ने कार्य ।
  • समाजको आमूल परिवर्तन एवम् गुणात्मक  रूपान्तरणको प्रकृया ।

ट)     सामाजिक चेतना

  • मानिसको सामाजिक अस्तित्व र जीवनका भौतिक अवस्थालाई व्यक्त गर्ने विचार, सिद्धान्त, दृष्टिकोण, रीतिरिवाज, चालचलन, परम्परा आदिको कुल योग ।
  • वैयक्तिक र सामाजिक चेतना (चेतनाका समान्य रूप)
  • विचारधारा, सिद्धान्त, दर्शन, राजनीति , मनोभावना, कानून, नैतिकता, धर्म, कला, विज्ञान आदि चेतनाका विशिष्ट रूप हुन् ।

ठ)     सामाजिक प्रगति

  • समाजमा हुने निरन्तर विकास र परिवर्तन ।
  • प्रगति गुणात्मक परिवर्तन या रूपान्तरण हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: