देश, जनता र पार्टी बचाउदैः प्रचण्ड

 

6

वैद्यबादल समूह महाधिवेशनमा गएर आफ्नो मुद्दाको परीक्षा गर्नुभन्दा कार्यकर्ताबाट भागेर आन्दोलनलाई भताभुङ्ग पार्ने कुचेष्टाले आक्रान्त भएको देखिएको छ । कम्युनिस्ट भन्ने तर कामकार्वाहीमा बेमेल, झेल र अनेकताको शिखण्डी बन्न लालायित हुने गैरसर्वहारा चिन्तनले सो समूहमा रहेको अराजकतालाई प्रतिबिम्बित गर्दछ ।

लालरक्षक, राजनितिक ब्यूरो / काठमाण्डौ । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक पेरिसडाँडामा जारी छ । एकीकृत माओवादीको इतिहासमा सबैभन्दा लामो बैठकका रूपमा हेरिएको यो बैठक अझै ५÷७ दिन लम्बिने अनुमान गरिएको छ भने विभाजनको कहालीलाग्दो त्रासदीको हल्लाबीचमा रहन बाध्य यसका शुभचिन्तकहरूले यो बैठक अर्को चुनवाङ बनोस् भन्ने कामना गरिरहेका छन् । बैठकमा बोल्नेमध्ये भारी संख्या अध्यक्ष प्रचण्डले पेश गरेको दस्तावेजका पक्षमा उभिएका छन् । हिजोसम्म किरणपक्षीय भनिएका केन्द्रीय सदस्य समेतले अध्यक्षकै प्रस्तावका पक्षमा आफूलाई उभ्याएपछि जनता र कार्यकताका बीचमा विश्वास गुमाइसकेको किरण–बादल समूह केन्द्रीय समितिमा धक फेर्ने शैलीमा प्रस्तुत हुन थालेको बैठकका एक सहभागीले बताए । वैद्य समूहका कान्छा सदस्य तथा पार्टीभित्र सांस्कृतिक विचलनका आधारमा कार्बाही भोगीसककेका रामबहादुर थापा बादलले पार्टी विभाजनको धम्की बोलेका छन् भने सोही मार्गका केही अनुयायी समेतले अध्यक्षको राजीनामा माग गरेको बताइएको छ । उपाध्यक्ष किरणको प्रस्तावको ‘पुरानो पार्टी मरिरहेको र नयाँ पार्टी जन्मिरहेको’ फुट–प्रस्तावनासहितको दस्तावेजप्रति विमति जनाउनेले यसलाई क्रान्ति भड्खालोमा हाल्ने क्रोन्ट्रा डकुमेन्टको नेपाली संस्करणका रूपमा व्याख्या गरेका छन् । यो प्रस्तावले पार्टीलाई चुनुवाङ बैठकभन्दा पछाडि फर्काउने कुरा मात्र गरेको र आठ वर्षपछि परिस्थितिमा आएको फेरबदल र अन्य कारणले त्यो सम्भव नभएको अधिकांश केन्द्रीय सदस्यको ठम्याइ छ । जनविद्रोह अहिले पनि पार्टीको प्राथमिकतामा रहेको तर अहिलेसम्म गरिएका रिहर्सलहरूले तत्काललाई शान्ति र संविधानको मियोभन्दा अर्को विषय उठान गरेर जनविद्रोह गठन हुन नसक्ने तर्क केन्द्रीय समितिमा उठेको छ । सत्ताको कुुरा गर्दा ¥याल चुहाउने र रुक्मांगत कटुवाललाई ढोग्न तयार हुने तर विद्रोहका कुरा गर्दा वाग्मतीको तिरैतिर भाग्न ठिक्क पर्दै बुङ्मती किनारामा डेरा खोज्नेहरूले भन्ने गरेको विद्रोहको धमास, केटाकेटीको ‘जून’ हत्केलामा राखिदिनुपर्ने माग जस्तै हो । जो गर्न सके राम्रो तर संगठनमा धेरै विकास नगरी त्यो तत्काल सम्भव छैन । ‘पार्टीभित्र अन्तरध्वंसको ताण्डव नृत्य चलाएर संगठनको सामथ्र्य थिलोथिलो बनाउने र कठिनतम हुरी थेग्न पार्टी तयार हुनुपर्छ भन्नु बेइमानी हो । उनीहरूको क्रान्तिको चर्को स्वरभित्र क्रान्ति छैन, त्यहाँ क्रान्ति हत्या छ, शरीरमा रातो इनामेल पोतेर उनीहरू आफू लाल भएको बखान गरिरहुनभएको छ, जुन सत्य होइन,’ लालरक्षकसँगको कुराकानीमा एक केन्द्रीय सदस्यले भने । बैठकमा पूर्व रजौटा परिवारका सदस्य तथा कथित युवा नेता विप्लवले व्यक्त गरेको धारणाप्रति सबैले आपत्ति जनाएका छन्, ‘चुनवाङ बैठकका सबैभन्दा ठूला समर्थक त्यतिबेला विप्लव थिए । तर उनको त्यतिबेलाको समर्थन केटाकेटीपूर्ण रहेछ, त्यतिबेलै अध्यक्षले क्रान्तिको निशाना काठमाडौं भन्नुभएको थियो । काठमाडौं आइयो र हिजो हाम्राविरुद्ध लडिरहेको ज्ञानेन्द्रको फुली खेसेर नागार्जुन जंगलमा थन्क्याइयो, के यो उपलब्धि होइन ? राज्यको बहसमा कहिल्यै नपरेको क्षेत्र, लिंग र जातिका मुद्धाहरू केन्द्रीय बहसमा ल्याइयो । मुलुकलाई संघीयताको ऐतिहासिक यात्रातिर अग्रसर गराइयो, के यो उपलब्धि होइन ? पश्चिम सैन्य ब्यूरोको बैठकमा जनमुक्ति सेना काँडेतारमा अल्झियो अब ब्यारेक तोड्ने कुरा सम्भव छैन होला भन्दै निराशाजनक रिपोर्टिङ राख्ने कमरेडले जनमुक्ति सेना काँडेतार बाहिर र भित्र दुवैतिर छाउँदा त्यसलाई उपलब्धि नदेख्नु र काठमाडौं आउँदा बम्बईमा बेचिन आएको अनुभूति गर्नु भविष्यप्रतिको घोर निराशामात्र होइन, अबुझ दिवालियापन र राजनीतिक बचपनको कुरा हो । क्रान्ति बच्चाको हातको खेलौना होइन,’ अर्का सदस्यले लालरक्षकलाई भने । उनले थपे, ‘यहाँसम्म ल्याइपु¥याएको क्रान्ति विप्लवको महत्वकांक्षाको सहयोगी भएन भन्ने आधारमा फेरि थवाङ पु¥याएर मृत घोषित गर्न सकिदैन । पार्टीमा विवादको घाउ उहाँहरूले रच्नुभएको हो । त्यही विवादले पार्टी कमजोर बनाइयो स्वभाविक हो, कमजोर पार्टीको बार्गेनिङ पावर कमजोर नै हुन्छ । त्यो कमजोरीका कारण कतिपय अहम् विषयमा पार्टीले सोचेजति जनताको पक्षमा उपलब्धिलाई एकीकृत गर्न सकेको छैन । विप्लवको क्रान्ति सिध्याउने यो घुमाउरो काइदा सबैले बुझेका छन्, अब उनले अभिनय गर्न आङ्खनो थुतुनोमा माओकै अनुहारको प्लास्टिक सर्जरी गराए पनि जनता झुक्किने छैनन् । उनी अन्तरघाती हुन् । क्रान्तिद्रोही भूमिका उनले नछोडे इतिहासले माफ गरिरहन सक्दैन । उनले बजाएको क्रान्तिको अड्मिल्दो बाँसुरी धुनको भ्रममा इतिहासको गति स्थगित हुन सक्दैन । क्रान्ति निरन्तर जारी रहने प्रक्रिया हो र जारी रहन्छ, कसैले सुइँकुच्चा ठोक्ला भन्ने पिरले क्रान्ति बर्बाद हुन सक्दैन ।’ बैठकका प्रारम्भिक दृश्यहरूमा पार्टी एकताभन्दा विघटन र विभाजनतिर लैजान किरण–विप्लव समूह उद्यत भएको देखिन्छ । वैद्य–विप्लव समूहका नेताहरूले ‘नयाँ पार्टी’ निर्माणका निम्ति गरिरहेको जोडमा उनीहरूको मनसाय व्यक्त भएको छ । पछिल्लो पटक लालरक्षकलाई प्राप्त जानकारीअनुसार पार्टी विभाजनकै विषयलाई लिएर अमेरिकी प्रतिनिधिले सो समूहका नेता विप्लवलाई भेटेका छन् । सो भेटमा दक्षिण एसियाको सामरिक र आर्थिक महत्व तथा अमेरिकाविरुद्ध उभिन सक्ने दक्षिण एसियाका ’boutमा समेत छलफल भएको बुझिएको छ । पछिल्लो समय पाकिस्तानसँग चिसिएको अमेरिकी सम्बन्ध, भारत तथा चीनबीचमा हुन सक्ने गठजोड र त्यसलाई परास्त गर्न अमेरिकाले नेपालको भूमी हुँदै खेल्न सक्ने भूमिकाका ’boutमा समेत चर्चा भएको थियो । त्यसका निम्ति नेपालको राजनीतिमा अमेरिकी गुप्तनीतिको नजिक रहँदै काम गर्न सक्ने पार्टी निर्माण’bout समेत छलफल भएको स्रोतले बतायो । भारत र चीनलाई सन्तुलनमा राखेर तिनहरूबीच उत्पन्न हुन सक्ने कटुताको अन्त्य गर्न पहल गर्न सक्ने तागत एकीकृत माओवादीको वर्तमान नेतृत्वसँग छ, त्यसकारण तिनीहरूबीच सन्तुलन होइन, टकराव उत्पन्न गर्न सक्ने राजनीतिक दलको खोजीमा अमेरिका छ । जानकारहरूका अनुसार ‘नयाँ पार्टी’ निर्माणको हल्ला चलिरहेका बेला आफ्नो स्वार्थ र सहयोग निम्ति अमेरिकी प्रतिनिधिले विप्लवलाई भेटेका हुन्, उनले नयाँ पार्टी बनाउँदा पनि नेतृत्व आफैले लिन विप्लवलाई सुझाएका थिए । केन्द्रीय समिति बैठक चलिरहँदा पनि विप्लव समूहको बैठक पटकपटक हुने गरेको छ । बैठक जारी रहँदै बसेका उनीहरूले संस्थापन पक्षसँग कसरी टकराउने भन्ने विषयमा छलफल गरेका बैठकमा सहभागीले एकजनाले लालरक्षकलाई बताए । केन्द्रीय समितिमा विषय राख्ने किरण पक्षका सबैजसो व्यक्तिले वैचारिकभन्दा पनि उदण्ड अभिव्यक्ति राख्ने गरेका छन् । पार्टी दक्षिणपन्थी र आत्मसमर्पणवादी भएको भन्दै विभाजनको अनिवार्यता सावित गर्न उनीहरू लागिपरेका छन् । त्यसबाहेक उनीहले उठाउने गरेको चारबँदे सहमतिलाई पछिल्लो चार दलबीचको सात बुँदे सहमतिले विस्थापन गरिसकेको अवस्था छ भने सेना समायोजन’bout विशेष समितिलाई चाबी बुझाएको पर्सीपल्ट विराटनगरमा आठ हजार जनालाई समायोजनमा लानुपर्छ भन्ने बादलको अभिव्यक्तिलाई अध्यक्षको क्यान्टोनेमन्ट भ्रमणका बेला समायोजनमा जान चाहने सबैलाई कुनै न कुनै सुरक्षा बलमा राख्नुपर्दछ भन्ने भनाइले ‘ओभरल्यापिङ’ गरिसकेपछि उनीहरू हिस्स भएका छन् । सडकमा राँको बालेर विरोध गरिएको बिप्पा सम्झौता’bout केही प्रक्रिया नपुगेको यस अगाडि नै अध्यक्षले बताइसक्नुभएको छ । तर, मसानघाट कुरेर बसेको व्यक्तिले अतीत कल्पेर रुन्छ भनेझैं विप्लव–वैद्य गुटको केन्द्रीय समितिमा प्रस्तुति त्योभन्दा अर्को हुन सकेको छैन । चमत्कारिक निर्णय र दूरदर्शीताका राजनेताका रूपमा चिनिएका अध्यक्ष प्रचण्डले पार्टी एकतालाई अक्षुण राख्न सबैखाले पहलहरूलाई जारी राख्नुभएको छ । प्राविधिक विषयलाइ मिलाउँदै जारी विचारको विवादलाई महाधिवेशनमा लैजान गरिएको आग्रहलाई वैद्य–बादल समूहले पचाउन सकेको छैन । यसबाट पनि उक्त समूह महाधिवेशनमा गएर आङ्खनो मुद्दाको परीक्षा गर्नुभन्दा कार्यकर्ताबाट भागेर आन्दोलनलाई भताभुङ्ग पार्ने कुचेष्टाले आक्रान्त भएको देखिएको छ । कम्युनिस्ट भन्ने तर कामकार्वाहीमा बेमेल, झेल र अनेकताको शिखण्डी बन्न लालायित हुने गैरसर्वहारा चिन्तनले सो समूहमा रहेको अराजकतालाई प्रतिबिम्बित गर्दछ । जारी केन्द्रीय समिति बैठकले जारी भद्रगोललाई मेसोमा हालेर अन्तरपार्टी जनवादको भरपुर उपयोग गर्दै महाधिवेशनबाट आङ्खना मुद्दाको छिनोफानो खोज्ने अपेक्षा आम कार्यकर्ताले लिएका छन् । विभाजनकारीलाई गाउँ पस्न नदिने भन्दै गाउँगाउँमा कार्यकर्ताले बनाउँदै गरेको फलामे किल्लाले पनि विभाजनको सन्त्रास रोक्ने र यो बैठकले एकता र बहसको बाटो खोल्ने सर्वत्र अपेक्षा गरिएको छ । मुलुक भयानक त्रासदीका बीचमा छ, शान्ति र संविधानविरोधी तत्वले अहिले पनि जारी प्रक्रियालाई ध्वस्त पार्न अनेक षड्यन्त्र गरिरहेका छन् । सर्वोच्च अदालतले केही समय अगाडिदेखि लगातारजसो अग्रगमनविरुद्ध ओकलिरहेको आक्रोश अँध्यारोको संकेत हो भन्नेहरू थुप्रै छन् । समकालीन समयका अन्य नेतृत्वलाई आङ्खनै ठाउँ मिलाउँदा र स्वार्थको लम्पट दास हुँदा फुर्सद छैन । अग्रगामी शक्तिभित्र घुनपुत्ला जसरी अन्तरध्वंसमा तल्लीन विप्लव वैद्य समूह घर जलाएर खरानीमा सप्रिने सपनामा लिप्त छ भने प्रचण्डको होचो कद उनीहरूको उद्देश्य बनेको छ । यस्तो परिवेशमा मुलुकका अगाडि समस्याको समाधान र आफैभित्रको अन्तरसंघर्षको चमत्कारिक निदान कसैले गर्न सक्छ भने त्यो व्यक्ति प्रचण्ड नै हुन् । प्रचण्डले यो केन्द्रीय समितिमा लिने सुझाव पूर्ण निर्णयले एकीकृत माओवादीको भावी यात्रा मात्र होइन, समग्र मुलुककै भविष्य निर्धारण गर्दछ । लचकताको हद र कठोरताको परकाष्टा बुझेका प्रचण्डले लिने पहलले नै लाखौं कार्यकर्तासहितको एकीकृत माओवादीलाई उर्जाशील एकतामा पु¥याउन सक्छ, उनको उत्साह र उर्जामा केन्द्रीय समितिले दिने पुठको स्तरले नै माओवादी र मुलुकको आगामी यात्रा मार्ग र यसको उज्यालोपन निर्धारण गर्नेछ ।

 

 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: