• किरणको फरक मतको दस्ताबेज

भिन्न मतका वुँदाहरू

 

पालुङटारमा सम्पन्न पार्टीको छैटौं विस्तारित वैठकको मर्म र भावना विपरित केन्द्रीय समितिमा पर्याप्त छलफल नै नगरी हतारहतारमा क. अध्यक्ष प्रचण्ड4.™.   प्रस्तुत प्रस्ताव मूल रुपमा पारित गरिएकोमा विधि र अन्तरवस्तु दुवैमा हाम्रो गम्भीर असहमति छ । त्यसैले पछि विस्तृत रुपमा लेख्ने वा व्याख्या गर्ने गरी अहिले वुँदागत रुपमा आÏनो भिन्न मत निम्न वमोजिम प्रस्तुत गरेका छौं र यसलाई पार्टीभित्र तलसम्म प्रवाहित गर्ने व्यवस्था गरियोस् भन्ने आग्रह गर्दछौं :

 

१. विचारधारात्मक प्रश्न

 

(i).  सर्वहारावादी क्रान्तिको निर्देशक सिद्धान्त मा–ले–मावाद/विचारका आधारभूत प्रस्थापनाहरुको रक्षा, प्रयोग र विकास एक्काइसौं शताव्दीमा क्रान्तिको सफलता र निरन्तरताकोनिम्ति निर्णायक महत्वको विषय हो । यसवारे प्रस्तावमा सामान्य रुपमा उल्लेख गरिए पनि नेपाली जनवादी क्रान्तिको विकास संगसंगै विकसित र संश्लेषित वैचारिक कोसेढुंगाहरू, मुख्यत: तत्कालीन माओवादीको दोश्रो राष्ट्रिय सम्मेलनद्वारा संश्लेषित विचारहरु, एक्काइसौं शताव्दीमा जनवादको विकास सम्वन्धी प्रस्ताव, चुनवाङ वैठकका निर्णयहरु आदिलाई व्यवहारत: न्यूनिकरण, परित्याग वा उपेक्षा गरिनु गम्भीर कुरा हो । आÏनै क्रान्तिका अनुभवहरुको आधारमा संश्लेषित विचारहरुको जगमा उभिएर नै विचारको थप विकास गर्न सकिन्छ भन्ने तथ्यलाई हामीले राम्ररी आत्मसात गर्नुपर्दछ ।

 

(ii).  दक्षिण, वाम र मध्य प्रकारका विचलनहरु मध्ये वर्तमान साम्राज्यवाद र प्रतिक्रान्तिको बोलवाला रहेको विश्वमा दक्षिणपन्थी संशोधनवादी खतरा नै प्रमुख हो । तर, हाम्रो जस्तो न्यून–पुँजीवादी वर्गीय धरातल र सामन्ती तथा दलाल पुँजीवादी संस्कृतिको बाहुल्य रहेको नेपाली समाज र एमाले जस्तो छुट्टै दक्षिणपन्थी संशोधनवादी समूहको अस्तित्व रहेको नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवाद प्रकट र नाङ्गो दक्षिणपन्थी ढंगले भन्दा पनि क्रान्तिकारी लफ्फाजी वा ‘वाम’ खोल ओढेर प्रस्तुत हुने संभावना बढी रहन्छ । हाम्रो आन्दोलनमा देखा परेको ‘आलोक  प्रवृत्ति’ त्यसको भद्दा नमूना हो । यस’bout पनि यथेष्ठ सतर्कता अपनाइनु र संघर्ष गर्नु जरुरी छ                                       

                          (iii).  अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनभित्रको वैचारिक संघर्षको सन्दर्भमा आम रुपमा बर्नस्टीन, काउत्स्की, ख्रुश्चोभ आदि दक्षिणपन्थी संशोधनवादी र सुधारवादी प्रवृत्ति विरुद्धको संघर्ष नै प्रधान रहँदै आएको छ । परन्तु माक्र्स, लेनिन, माओ लगायत सवै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले वाकुनिन, नरोद्निक्स, लि लि सान, लिन प्याओ आदि ‘वाम’ र ‘क्रान्तिकारी’ खोल ओढेका न्यून–पुँजिवादी अवसरवादी तत्वहरुसंग निरन्तर रुपमा भीषण संघर्ष गर्नुपरेको तथ्यलाई न्यूनीकरण गर्नु हुँदैन । क्रान्तिलाई समाज विकास प्रक्रियाको वस्तुसंगत नियमको रुपमा भन्दा पनि केही ‘वीर’ हरुको संकल्प वा षड्यन्त्रको रुपमा वु∆ने त्यस्तो बाकुनिन प्रवृत्तिवारे माक्र्सले गर्नुभएको यो टिप्पणीलाई गम्भीरतापूर्वक लिनुपर्दछ– ‘(वाकुनिनले) सामाजिक क्रान्तिवारे केही पनि वु∆दैन; उसले वु∆ने कुरा भनेको राजनीतिक लÏफाजी मात्रै हो । त्यसको आर्थिक अपरिहार्यतावारे उसलाई कुनै मतलव हुँदैन । बाकुनिनको सामाजिक क्रान्तिको आधार संकल्प हो, न कि आर्थिक परिवर्तन ।’

२. अन्तर्राष्ट्रिय परिस्थितिवारे

                (i).  वर्तमान युग लेनिनले परिभाषित गरे जस्तै साम्राज्यवाद (अर्थात् पुँजिवादको उच्चतम चरण) र सर्वहारा क्रान्तिको युग हो र पुँजिवादमा अन्तरनिहित असमान र विषम विकासको प्रवृत्तिका कारणले साम्राज्यवाद रहेसम्म एउटै देशमा मात्र जनवादी वा समाजवादी क्रान्ति सम्पन्न हुने सम्भावना रहन्छ । तर सामान्यत: दोश्रो विश्व युद्ध पछि र विशेषत: सन् सत्तरीको दशकपछि साम्राज्यवादको चरित्रमा आएको उल्लेखनीय परिवर्तनले सर्वहारा क्रान्तिको रणनीति र कार्यनीतिमा पनि महत्वपूर्ण परिवर्तन ल्याउने तथ्यलाई क्रान्तिकाहरुले गम्भीरतापूर्वक लिनुपर्दछ । उदाहरणको लागि, साम्राज्यवादको विस्तारित हुँदै गएको वहुराष्ट्रिय र भूमण्डलीकृत चरित्रले एउटै देशमा क्रान्ति सम्पन्न गर्न, रक्षा गर्न र निरन्तरतादिन अन्तराष्ट्रिय सर्वहारा वर्गको सहयोग र समर्थन पहिले भन्दा कैयौं गुना वढी आवश्यक वनाउँछ । त्यसरी नै साम्राज्यवादको पछिल्लो नव–औपनिवेसिक चरित्र, वजारको भौगोलिक पुनर्विभाजन निम्ति प्रत्यक्ष युद्ध गर्नु सट्टा परोक्ष युद्ध गर्ने प्रवृत्ति, अझै केही समय विश्वमा अमेरिकी साम्राज्यवादको आर्थिक र फौजी श्रेष्ठता कायम रहने अवस्थामा तुरुन्तै तेश्रो विश्वयुद्धको न्यून सम्भावनाको स्थिति आदि कारणले आजका सर्वहारावादी क्रान्तिकारीहरुले वाह्य दुश्मनसंग प्रत्यक्ष ‘राष्ट्रिय युद्ध’ भन्दा साम्राज्यवाद/विस्तारवादका स्वदेशी दलालहरुका विरुद्ध ‘गृह युद्ध’ को तरिकाले लडेर क्रान्ति सम्पन्न गर्नुपर्ने अवस्था तत्काल वढी प्रवल छ । साम्राज्यवाद रणनीतिक रुपमा ‘कागजी वाघ’ निश्चित रुपमा हो, तर तत्कालका निम्ति या कार्यनीतिक रुपमा त्यो साँच्चैको वाघ पनि हो भन्ने तथ्यलाई नजरअन्दाज गरिनुहुन्न । अन्तर्राष्ट्रिय परिस्थितिको मनोगत होइन वस्तुगत मूल्यांकन गरेर मात्रै सच्चा सर्वहारावादी क्रान्तिकारीहरुले आआÏनो देशको क्रान्तिको सही रणनीति र कार्यनीतिको श्रृंखला निर्माण गर्न सक्दछन् भन्ने कुरामा हामीले ध्यान पुर्‍याउनैपर्छ ।

             (ii).  नेपालको विशिष्ठ सन्दर्भमा विभिन्न साम्राज्यवादी शक्तिहरुको अर्ध–औपनिवेसिक र नव–औपनिवेसिक शोषण–उत्पीडन रहँदै आए पनि भारतीय एकाधिकार पुँजिवादको विस्तारवादी उत्पीडन नै प्रमुख वाह्य समस्या हो भन्ने वारेमा कुनै द्विविधा छैन र हुनुहुदैन । तर त्यससंग संघर्ष गर्ने क्रममा पछिल्लो चरणमा यस क्षेत्रमा अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र चीनियाँ राजकीय एकाधिकार पुँजिवाद वीच वढ्दै गएको प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय रुपमा चीन र अमेरिका वीच वढ्दै गएको मुख्य प्रतिस्पर्धाको सन्दर्भमा अमेरिका र चीन दुवैले भारतलाई आÏनो पक्षमा पार्न वा तटस्थ राख्न खेलेको भूमिकालाई समेत मध्यनजर गर्दै नेपाली क्रान्तिकारीहरुले आÏनो रणनीति र कार्यनीति तय गर्नुपर्दछ । विश्वव्यापी र क्षेत्रीय अन्तरविरोध र शक्तिसन्तुलनलाई ध्यान नदिई हामीले मनोगत ढंगले कुनै नीति निर्माण गर्‍यौं भने त्यो धेरै प्रत्युत्पादक र हानीकारक हुनसक्छ भन्ने कुरालाई सच्चा क्रान्तिकारीहरुले गम्भीरतापूर्वक लिनुपर्दछ ।

३. राष्ट्रिय परिस्थिति र प्रधान अन्तरविरोधवारे

             (i).  नेपाली समाज यतिवेला सामन्तवादबाट पुँजिवादमा संक्रमणको ऐतिहासिक कालखण्डबाट गुज्रिरहेको छ । जनयुद्ध र जनआन्दोलनको परिणाम स्वरुप देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण पुँजिवादी उपलव्धीहरु हासिल भएका छन् तर सामन्तवादका अवशेषहरु अझै विभिन्न रुपमा कायम छन् र विकसित पुँजिवादी सम्वन्ध पनि मूलत: दलाल तथा नोकरशाही प्रकृतिको छ । यो अवस्थामा सर्वहारा वर्गले एकातिर प्राप्त उपलव्धीहरुको रक्षा गर्न सामन्ती प्रतिगामी शक्तिहरु विरुद्ध संघर्ष गर्नु परेको छ भने अर्कोतिर साम्राज्यवाद र मुख्यत: विस्तारवादको आड पाएको दलाल तथा नोकरशाही पुँजिवादी शक्तिसंग संघर्ष गर्दै पुँजिवादी जनवादी क्रान्तिलाई पूर्णता दिनुपरेको छ । आन्तरिक रुपमा विद्यमान यो वर्गीय तथा राजनीतिक शक्ति सन्तुलनको वस्तुनिष्ठ मूल्यांकन नगरी मनोगत ढंगले सवैमाथि एकै साथ आक्रमण गर्ने नीति लिइयो भने क्रान्तिकारी शक्ति एक्लिने, प्रतिगामी र यथास्थितिवादी शक्तिहरु एकजुट हुने र देशमा प्रतिक्रान्तिको आधार मजवुत वन्ने गम्भीर खतरा रहनेछ । सच्चा सर्वहारावादी क्रान्तिकारीहरुले प्राप्त उपलव्धीहरुको रक्षा गर्दै क्रान्तिलाई पूर्णता दिने रणनीति अपनाउनु पर्छ, न कि प्राप्त उपलव्धीहरु समेत गुमाउने गलत रणनीति अनुसरण गर्नु ।                     

                    (ii).  समाजमा विद्यमान थुप्रै आधारभूत अन्तरविरोधहरुमध्ये प्रधान अन्तरविरोध छुट्याउने प्रश्न क्रान्तिको निशाना किटान गर्ने असाध्यै महत्वपूर्ण र संवेदनशील विषय हो । यस सम्वन्धमा गरिने मनोगत मूल्यांकन वा गल्तीले क्रान्तिलाई अपूरणीय क्षति पुर्‍याउन सक्छ । नेपाल जस्तो अर्ध–सामन्ती तथा अर्ध–औपनिवेसिक मुलुकमा सामान्यतया आन्तरिक वा वाह्य प्रतिक्रियावादी शक्तिहरुमध्ये एक पटकमा एउटा संगको अन्तरविरोध नै प्रधान हुन्छ । कुनै खाश विशिष्ठ अवस्था वा छोटो कालको निम्ति मात्रै आन्तरिक र वाह्य दुवै शक्ति अन्तरघुलित भएर एउटै प्रधान अन्तरविरोध वनेको हुन्छ । नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना पछि भारतीय विस्तारवादको लामो समयदेखिको हस्तक्षेपकारी भूमिका वढेर गएको सत्य हो । तर त्यो अझै पनि प्रत्यक्ष सैनिक हस्तक्षेपको तरिकाले भन्दा राजनीतिक, आर्थिक, सांंस्कृतिक तरिकाले आन्तरिक प्रतिक्रियावाद मार्फत् नै आइरहेको छ र नेपाली जनताले भारतीय विस्तारवाद संरक्षित र निर्देशित देशीय प्रतिक्रियावादसंग नै मुख्य संघर्ष गर्नु परिरहेछ । यो स्थितिमा भारतीय विस्तारवाद र देशीय प्रतिक्रियावाद घुलमिल भएर नेपाली जनतासंग प्रधान अन्तरविरोध वनिसकेको छ भन्ने निष्कर्ष वस्तुवादी र सही हुन सक्दैन । यो विश्लेषणले संघर्षको निसाना अस्पष्ट र भुत्ते मात्र बनाउँछ र न त भारतीय विस्तारवाद न देशीय प्रतिक्रियावाद विरुद्धको संघर्ष नै प्रभावकारी हुन्छ । यसले क्रान्तिकारी आन्दोलनलाई अकर्मण्यतामा फसाएर विसर्जनको दिशामा लैजाने खतरा रहन्छ । यति वेला देशमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक आदि जनवादी मागका आधारमा वहुसंख्यक उत्पीडित जनतालाई संघर्षमा उतार्ने प्रवल सम्भावना छ, जव कि राष्ट्रिय नाराले समाजका सीमित तप्कालाई आकर्षित गर्ने र संयुक्त मोर्चाको दायरालाई साँघुरो मात्र बनाउंछ ।  निश्चित रुपमा हाम्रो विशिष्ठ सन्दर्भमा राष्ट्रियता र जनवादका मुद्दा अन्तरसम्वन्धित छन्, तर ती दुवै वरावर नभई जनवादको मुद्दालाई प्रधान र राष्ट्रियताको मुद्दालाई सहायक वा पूरक वनाएर नै हामीले क्रान्तिकारी आन्दोलनलाई अग्रगति दिन सक्नेछौं । तत्काल ‘‘राष्ट्रिय स्वाधीनताको विषयलाई प्राथमिकता दिई’’ ‘‘राष्ट्रिय प्रतिरोध युद्धको तयारी’’ गर्ने कार्यदिशाले ‘जनविद्रोह’ को तयारी गर्ने नभई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका प्राप्त उपलव्धी गुम्ने, देश प्रतिगमनतिर फर्कने र राष्ट्रिय स्वाधीनता नै धरापमा पर्ने गम्भीर खतरा रहनेछ । परन्तु भारतीय विस्तारवादको देशभित्र वढ्दै गएको हस्तक्षेपका विरुद्ध देशव्यापी राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई जनवादी आन्दोलनसंग जोडेर घनिभूत ढंगले अघि वढाउन ध्यान दिनै पर्दछ ।

 

 

४. पार्टी कार्यदिशा र सैद्धान्तिक प्रश्नहरुवारे

             (i).  पार्टीको राजनीतिक कार्यदिशा सम्वन्धी अस्पष्टता नै आज पार्टी र देशको राजनीतिक गत्यावरोधको मुख्य कारण हो । पार्टीको विकसित राजनीतिक कार्यदिशालाई ठीक ढंगले वु∆न र स्थापित गर्न हामीले मुख्यत: तत्कालीन माओवादीको दोश्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन र चुनवाङ वैठकका निर्णयहरुलाई दह्रोसंग आत्मसात गर्नैपर्दछ र पार्टीभित्र र वाहिर स्थापित गर्ने साहस गर्नैपर्दछ । ‘तथ्यवाट सत्य खोज्ने’ माओवादी मान्यता विपरित इतिहासले सत्य सावित गरिसकेका तथ्यहरुलाई लुकाएर वा इतिहासको पांग्रो पछाडि धकेल्ने धृष्टता गरेर क्रान्तिलाई विजयसम्म पुर्‍याउने कल्पनै गर्न सकिन्न । त्यसैले सर्वप्रथम हामीले पार्टीको विकसित क्रान्तिकारी कार्यदिशालाई स्पष्ट गर्न, आम रुपमा स्थापित गर्न र थप प्रयोग तथा विकास गर्न मुख्यत: तेश्रो विस्तारित वैठक (२०५१), दोश्रो राष्ट्रिय सम्मेलन (२०५७), चुनवाङ वैठक (२०६२) आदिको ऐतिहासिक संश्लेषणहरुमा टेकेर अघि वढ्ने साहस गर्नैपर्दछ । अध्यक्षद्वारा प्रस्तुत प्रस्तावले विकसित कार्यदिशाको जग नै भत्काएर पार्टीलाई कार्यदिशाविहिन अवस्थामा पुर्‍याउने गम्भीर गल्ती गरेको छ ।

           (ii).  जनयुद्धको जगमा टेकेर जनविद्रोहात्मक तरिकाले जनताको संघीय गणतन्त्रको स्थापना गर्नु पार्टीको आम राजनीतिक कार्यदिशा हो । परन्तु यसलाई वु∆ने र लागू गर्ने विषयमा रहेको भिन्नता वा अस्पष्टता नै आज पार्टीभित्रको अन्तरसंघर्षको मुख्य चूरो रहेको छ । एकातिर सशस्त्र जनयुद्ध मार्फत् सिधै केन्द्रीय सत्ता कव्जा गर्न खोज्ने प्रवृत्ति (वा चीनिया बाटो) र अर्कोतिर लामो शहरिया जनसंघर्षलाई सशस्त्र जनविद्रोहमा परिणत गर्न खोज्ने प्रवृत्ति (वा रुसी वाटो) दुवै वर्तमान नेपाली विशेषतासित मेल खाँदैनन् । हामीले भनेको नेपाली क्रान्तिको मौलिक वाटो भनेको जनयुद्धका उपलव्धीहरु (मुख्यत: जनसेना र ग्रामीण जनसत्ता) को जगमा टेकेर ‘माथि’ (अर्थात् सदन र सरकार) र ‘तल’ (अर्थात् सडक) को हस्तक्षेप र दवाव मार्फत् क्रान्तिकारी जनविद्रोह संगठित गर्नु र सर्वहारा वर्गीय सत्ता स्थापना गर्नु हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय वर्गीय तथा राजनीतिक शक्ति सन्तुलनमा हेरफेर संगै जनविद्रोह वा केन्द्रीय सत्ता प्राप्तिको प्रकृति र समयमा हेरफेर हुने सम्भावनालाई यस कार्यदिशाले स्वीकार गर्दछ । ‘तल’वाट जनपरिचालन वा जनदवाव सिर्जना गर्ने र चार तयारी र चार आधार निर्माण मार्फत् प्राविधिक तयारी गर्ने कुराको केन्द्रीय महत्व रहन्छ तर वर्तमान भूमण्डलीकृत साम्राज्यवाद र नेपालको विशिष्ठ भूराजनीतिक परिवेशमा ‘माथि’वाट हस्तक्षेपको विशिष्ठ महत्व र भूमिका रहने कुरालाई विशेष ध्यान दिइनु पर्दछ । सत्ता लिनको निम्ति पुरानो सत्ताको विघटन र सत्ता टिकाउनको निम्ति अन्तर्राष्ट्रिय रुपमा अनुकुल वातावरण सिर्जना अनिवार्य पूर्वशर्त हुन्छन् र त्यसनिम्ति ‘माथि’वाट हस्तक्षेपको भूमिकाको विशेष महत्व रहन्छ । यस अर्थमा विशेषत: वर्तमान नेपाली सन्दर्भमा ‘माथि’ र ‘तल’ को संघर्षको संयोजनको विशिष्ठ महत्व रहने कुरालाई राम्ररी आत्मसात गर्दै त्यसवारे सचेत पहल गर्नुपर्दछ र त्यसलाई न्यूनीकरण वा उपहास गरेर तुष्टी लिनु सही हुँदैन । क्रान्ति गर्ने मात्र होइन, क्रान्तिको रक्षा गर्ने र त्यसलाई निरन्तरता दिने आवश्यकतालाई मध्यनजर गर्दै हामीले यो विकसित नयाँ कार्यदिशा अघि सारेका हौं भन्ने कुरालाई राम्ररी आत्मसात गर्नु पर्दछ ।

             (iii). बिना तयारी विद्रोह वा क्रान्ति तिथिमिति तोकेर गरिने कुरा होइन । माओले भन्नु भए झैं कम्युनिष्ट क्रान्तिकारीहरु भविष्यवक्ता हुन सक्दैनन् । वस्तुगत प्रक्रिया र आत्मगत प्रयत्नको योगफल स्वरुप नै क्रान्ति सम्पन्न हुन्छ । वर्तमान नेपालको विशिष्ठ सन्दर्भमा संविधानसभा मार्फत् जनसंविधान निर्माण गर्ने अधिकतम प्रयत्न गरेर नै आम जनतालाई क्रान्तिकारी विद्रोहको औचित्यवारे प्रष्ट पार्न सकिने स्थिति छ । त्यसैले संविधानसभाको कार्यकालसंग जनविद्रोहको तिथिमित जोडेर रुमानी कल्पना गर्नु सट्टा जनसंविधान निर्माण निम्ति अधिकतम प्रयत्न गर्ने, त्यसकालागि सडकबाट निरन्तर जनदबाब सिर्जना गर्ने र आवश्यक प्राविधिक तयारी गर्ने कुरालाई संगसंगै लैजानु पर्दछ । तत्काल विद्यमान शक्ति सन्तुलनले अधिकतम प्रगतिशील जनसंविधान वन्यो भने त्यसलाई ‘शान्तिपूर्ण संक्रमण’ भनेर दुत्कार्नु सर्वहारा क्रान्तिकारीता होइन वरु न्यून–पुँजिवादी वालहठ मात्र हुनेछ । त्यो स्थितिमा त्यस्तो संविधानमाथि टेकेर क्रान्तिको पूर्णता र निरन्तरताको यात्रामा अघि वढ्न कसैले छेक्न सक्ने छैन । दशौं हजारको वलिदानवाट प्राप्त संविधानसभामाथि आÏनो जायज स्वामित्व कायम गरेर नै यतिबेला सर्वहारावर्गले सवै क्षेत्रमा आÏनो श्रेष्ठता कायम गर्न सक्नेछ । अन्यथा संविधान पनि नबन्ने, जनविद्रोह पनि सम्पन्न नहुने र वरु उल्टै देशमा प्रतिक्रान्ति भएर क्रान्तिकारी आन्दोलन पुन: रणनीतिक रक्षाको स्थितिमा फर्कनु पर्ने स्थिति उत्पन्न हुनेछ ।

      ५. अन्तरसंघर्ष र संगठनात्मक प्रश्न

 

(क). (i).  एउटा जीवन्त र क्रान्तिकारी सर्वहारावादी पार्टीमा स्वस्थ अन्तरसंघर्ष वा दुइ–लाइन संघर्ष चल्नु स्वाभाविक मात्र नभएर आवश्यक प्रक्रिया हो । परन्तु हाम्रो पार्टीमा अहिलेसम्म अन्तरसंघर्ष वर्गसंघर्षको उचाइ र आवश्यकता अनुरुप विकास हुन सकिरहेको छैन । अन्य कुराहरुका अतिरिक्त मूल नेतृत्वमा नै स्वस्थ आलोचनाप्रति अरुची वा असहिष्णुता रहेसम्म जतिसुकै विधिको विकासको कुरा गरे पनि त्यो कामकाजी हुन सक्दैन । केही वर्षदेखि पार्टीमा अस्वस्थ ढंगले अन्तरसंघर्ष चलिरहेको जगजाहेर हुँदाहुँदै गत असार (२०६७)को चर्चित् ‘गोंगवु डिनर’ पछि मात्रै ‘अन्तरसंघर्षलाई अस्वस्थ वनाउने प्रक्रियाको थालनी भयो’ भन्नु हास्यास्पद र अमर्यादित कुरा हो र मुख्य नेतृत्वको असहिष्णु चरित्रको परिचायक हो । यस्तो प्रवृत्ति नियन्त्रण हुनुपर्छ र पार्टीभित्र स्वस्थ अन्तरसंघर्षलाई प्रवर्धन गरिनु पर्दछ । यसवारे परम्परागत विधिभन्दा माथि उठेर नयाँ विधिहरुको विकास गरिनुपर्दछ ।

 

(ii).  पार्टीमा विद्यमान संगठनात्मक अराजकता, अस्तव्यस्तता, अनुशासनहीनता, पदलोलुपता, भद्दा र निष्क्रिय कमिटी प्रणाली, व्यक्तिवादी र नोकरशाही प्रवृत्ति, युद्धसरदारवादी प्रवृत्ति आदिको अन्त्य गरेर पार्टीलाई वैचारिक–राजनीतिक र संगठनात्मक रुपले एकतावद्ध गर्न र जुझारु क्रान्तिकारी स्पिरिटको विकास गर्न छिटोभन्दा छिटो महाधिवेसन सम्पन्न गर्नु अत्यावश्यक भएको छ । महाधिवेशन नभएको वीस वर्ष पुगिसक्दा पनि त्यसवारे मुख्य नेतृत्वमा अनिच्छा देखा पर्नु गम्भीर विषय हो । वैचारिक–राजनीतिक, संगठनात्मक र भावनात्मक ढंगले एकतावद्ध र चुस्तदुरुस्त नभएको पार्टीले जनविद्रोह संगठित गर्ने जस्तो चुनौतिको सामना गर्न सक्छ भन्नु विश्वासनीय कुरा पटक्कै होइन । त्यसैले आगामी महाधिवेशनको मिति तय गरेर तलैदेखि भेला र सम्मेलन गर्दै वैचारिक–राजनीतिक एकरुपता र निर्वाचित कमिटी प्रणाली कायम गर्ने कुरालाई उच्च महत्व दिइनुपर्दछ ।

 

(iii).  आज पार्टीमा माथिदेखि तलसम्म वैज्ञानिक र न्यायपूर्ण ढंगले संगठनात्मक कार्यविभाजन गर्नुसट्टा मुख्य नेतृत्वसंगको सम्वन्ध वा कुनै गुट पक्षधरताका आधारमा कसैलाई धान्नै नसक्ने गरी जिम्मेवारीको भारी वोकाउने र कसैलाई वेरोजगार राख्ने प्रवृत्ति डरलाग्दोसंग विकास भएको छ । साथै एउटै व्यक्ति लामो समयसम्म कुनै पार्टी कमिटि वा जवस/मोर्चाको नेतृत्वमा रहँदा उसमा नोकरशाही प्रवृत्ति र आर्थिक, सांस्कृतिक अराजकता फष्टाउने स्थिति देखापरिरहेको छ । त्यसैले महाधिवेसन वा सम्मेलनवाट विधिवत नयाँ कमिटी र नेतृत्वको चयन नभएसम्म तत्काल संगठन र संघर्षको आवश्यकतालाई मध्यनजर गर्दै माथिदेखि तलसम्म वैज्ञानिक र न्यायपूर्ण ढंगले कार्यविभाजन र स्थानान्तरण गरिनु पर्दछ । साथै मधेसी, महिला, दलित, मुस्लिम, उत्पीडित जाति र क्षेत्र आदिबाट नेतृत्व विकास गर्ने कुरालाई व्यवहारत: उच्च प्राथमिकता दिइनु पर्दछ ।

 

(iv).  ‘‘इतिहासका अनुभव र एक्काइसौं शताव्दीमा जनवादको विकास’bout’’ प्रस्तावमा लेखिएको छ: – ‘….प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नको लागि दुई–लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्त अनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरुरी छ । यसका लागि पार्टीभित्र चल्ने दुइ–लाइन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्ताहरुसम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने र निश्चित अवधिको अन्तरमा कार्यविभाजन हेरफेर गरी सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ ।’ तर बिडम्वना पार्टीभित्र यस प्रस्ताव कार्यान्वयन गर्न खासगरी मुख्य नेतृत्व सधै अनिच्छुक देखिएको छ । हाम्रो पार्टीको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनमा क. स्टालिनको तीस प्रतिशत कमजोरीबाट पाठ सिक्ने कुरा उठे पनि व्यवहारत: आज आएर यस विषय गायत्री मन्त्र जस्तो बन्न पुगेको छ । मुख्य नेतृत्व पथप्रदर्शक बन्न छाडेर उपदेशक मात्रै बनिरहने हो भने पार्टी निरन्तर क्रान्तिकारी बनिरहन संभव हुने छैन ।

 

सोही प्रस्तावमा उल्लेख गरिएको छ: – ‘…पदको दुरुपयोग गर्ने, जनसुमदयामाथि हैकम चलाउन खोज्ने,सुविधाभोगी एवं पदलोलुप प्रवृत्ति, नेता एवं कार्यकर्ताका बिरुद्ध निर्मम विचारधारात्मक संघर्षका साथै जनसमुदायमा नंगाउने नीति एंव संरचनाको विकास गर्न जोड लगाउन पर्दछ ।’ यस प्रस्तावको मर्म विपरित पार्टीभित्र गैर सर्वहारावर्गीय चिन्तन, प्रवृत्ति र कार्यशैली बोकेका कार्यकर्ताहरुलाई सच्चाउनुको बदला उल्टै मुख्य नेतृत्वको संरक्षणमा थप अवसर र बढुवा गर्ने प्रवृत्ति देखिएको छ । जसको कारण पार्टीभित्र विशेषाधिकार प्राप्त नयाँ अभिजात वर्गको जन्म हुन पुगेको छ । कुनै पनि बेला अन्तरसंघर्षले वर्ग संघर्षको रुप लिन सक्ने खतरा बढिरहेको छ । यस्तो गैर सर्वहारावर्गीय प्रवृत्तिलाई तुरुन्त सच्चाइनु पर्दछ ।

 

(v).  जनताका भावनासंग अन्तरंग घुलमिल भएर, माओले भने जस्तै जनतासंग नङ र मासुको सम्वन्ध कायम गर्नु पर्नेमा शासक र शासित जस्तो बन्न पुगेको छ । आÏनो श्रममा बाँच्ने र जनताको सेवक बन्नु पर्नेमा अरुको श्रममा रमाउने ठूलठूला आर्थिक सपनाको विचरण गर्ने गैरसर्वहारा प्रवृत्ति हुँर्किदै छ । मुख्य नेतृत्वले सामुहिक रुपमा पार्टीलाई यो प्रक्रियाबाट फर्काउनुको साटो आÏनो अनुकुलतामा अघोषित टीम बनाउने र किचन क्याबिनेटबाट सिंगो पार्टीलाई नियन्त्रण गर्न खोज्ने परम्पराले प्रतिभा र क्षमताहरुले भरिभराउ भएका नेता–कार्यकर्ताहरु कुण्ठित हुने गरेका छन् । यस्ता अपारदर्शी प्रकृतिका किचेन क्याविनेट प्रक्रियाको पूर्ण अन्त्य गर्नु पर्दछ र पार्टीलाई सर्वहारावर्गीय स्वेच्छिक सामुहिकताको कमिटि प्रणालीमा अगाडि बढाउनु पर्दछ ।

 

(vi).  विगत केही समयदेखि हाम्रो पार्टीमा परिवारवाद, नातावाद, कृपावाद, चाकडीवाद, उपभोक्तावाद, छद्य प्रपञ्चवाद आदि पार्टीको आन्तरिक छलफलको विषय मात्र नभएर जनताले अनुभूत गर्ने स्तरसम्म फैलिएको छ । सर्वहारावर्गीय निष्ठा, योग्यता, निरन्तरता, त्याग र बलिदानी भावनाको ठाउँ गणेश प्रवृत्ति र लोभी संस्कृतिले लिंदै गइरहेको छ । ‘हामी’ र ‘हाम्रो’ को ठाउँमा ‘म’ र ‘मेरो’ हावी हुने क्रम बढ्दो छ । कमरेडली भावना, क्रान्तिकारी संवेदना क्षीण हुँदै गइरहेको छ । व्यक्तिबाट परिवार, परिवारबाट समाज, समाजबाट राष्ट्र र राष्ट्रबाट अनि राष्ट्रवादी बन्नु पर्नेमा ठीक यसको उल्टो हुँदै गइरहेको छ । गम्भीरतापूर्वक यसलाई सच्चाउन आवश्यक छ ।

 

(vii).  महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मुख्य उद्देश्य थियो– विश्व दृष्टिकोण निर्माण गर्नु र निरन्तर जनतामा समर्पित हुनु, निजी मूल्य मान्यताको परित्याग गर्नु र निरन्तर क्रान्तिलाई दह्रोसंग पक्रनु । तर आज हाम्रो पार्टीमा सर्वहारा सामुहिकताको ठाउँ निजी मूल्यले लिंदै छ; सर्वहारा नैतिकता अरुको लागि उपदेश दिने सूत्र बन्दैछ । आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा पुग्ने लक्ष्य लिएका नेता–कार्यकर्ताहरुको उदात्त भावना, त्याग र समर्पण, कठिनाइसंग सामना गर्ने तीव्र इच्छाशक्ति ज्यादै कमजोर बन्दै गएको छ । यसलाई सच्चाउन मुख्य नेतृत्वबाट कुनै पहल नगर्नु पार्टीको लागि गम्भिर विषय बनेको छ ।

 

(viii).  सामन्तवादी एकत्ववाद र पूँजीवादी वहुलवाद विरुद्ध सर्वहारा वर्गीय सामूहिकता अनुरुपको भौतिकवादी एकत्ववादमा आधारित नेतृत्व प्रणाली हुनु पर्नेमा विगतमा अधिभूतवादी देवत्वकरण जस्तै गर्ने जुन कमजोरी भयो त्यसलाई सच्चाउनको सट्टा निरन्तरता दिन खोज्नुले मालेमावादी नेतृत्व प्रणाली कमजोर बन्न पुगेको छ । यसलाई सच्चाउनु पर्दछ ।

 

(ix).  हाम्रो पार्टीमा नेता र नेतृत्वप्रति सर्वहारावर्गीय सम्मान हुनुपर्नेमा, पद, प्रतिष्ठा र पदोन्नतिको लागि पार्टीभित्रको शक्ति र सत्तासंग अन्ध तावेदारी गर्नुपर्ने गुलाम संस्कृति हुर्किन थालेको छ । जसले गर्दा कामकार्वाहीमा दृढतापूर्वक लाग्ने तर कमिटिमा आलोचनात्मक रुपमा प्रस्तुत हुनेहरुले लगातार असुरक्षाको अनुभूति गर्ने गरेका छन् । दुइ–लाइन संघर्षलाई सत्य अन्वेषणको विधि, तथ्यको खोजी र स्वच्छ बहसको विषय वनाउनु भन्दा पनि नोकरशाही केन्द्रीयताको अभ्यास गर्ने, लाइन संघर्षकर्ताहरु त्रास र धम्कीको बीचमा बाँच्नु पर्ने गलत संस्कार बस्दै गएको छ । मुख्य नेतृत्वबाट यस्तो संस्कारलाई रोक्न नखोज्नु पार्टीको निम्ति गम्भीर विषय बन्न गएको छ ।

 

(x).  हाम्रो देशको कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको प्रक्रिया तीव्र बन्दै गैरहेको छ; जुन एकदम खुशीको कुरा हो । क्रान्तिकारीहरुका वीच विशाल र बलियो एकताविना विजय संभव छैन । तर एकतालाई ठीक ढंगले व्यवस्थापन गर्न नसक्दा पार्टी विशाल त बन्दै गइरहेको छ तर आत्मगत रुममा बलियो भने हुन सकिरहेको छैन । व्यवहारत: पार्टी दिनदिनै वैचारिक केन्द्रको रुपमा नभएर संयुक्त मोर्चा जस्तो बन्न पुगेको छ । जसलाई तुरुन्त सच्चाइनु पर्दछ ।

 

(xi).  आजभोलि पार्टीपंक्तिमा सिर्जनात्मकता, कल्पनाशीलता र संवेदनशीलता हराउँदै गइरहेको छ । पार्टी कार्यकर्ताहरु वर्ग दुश्मनबाट आक्रमण हुँदा वा मारिंदा त्यहाँ प्रतिरोधको संवेदनशीलता जाग्दैन । तर सामान्य प्रकृतिका उद्घाटन, विवाह, भोजभतेर आदिमा तँछाड–मछाड गरेर जाने भद्दा संस्कृति हुर्कदै छ । दसौं हजारको बलिदानबाट स्थापित नयाँ जनवादी संस्कृतिको ठाउँ पुन: सामन्तवादी संस्कृतिले लिंदै छ । मनुस्मृति, गरुड पुराण जस्ता धर्मशास्त्रहरु कम्युनिष्ट दर्शन शास्त्र बन्ने खतरा बढ्दै गइरहेको छ । यसलाई तुरुन्त रोकिनु पर्दछ ।

 

(xii).  सर्वहारावर्गीय मानवीय प्रेम, वैचारिक सहकार्य, वर्गीय भावना शून्यप्राय: हुँदै जानु र व्यक्तिपिच्छे पद बाँड्ने, आश्वासन दिने, आÏनो अगाडि पर्दा प्रशंसा गर्दै चुच्चे टोपी लागाइदिने हिंडेपछि खोइरो खनेर वदनाम गर्ने संस्कार विगतदेखि देखिन्छ । सहयोद्धा कमरेडले राखेका सैद्धान्तिक, वैचारिक कुराहरुको अन्तर्यमा नै नेपाली पार्टीभित्रको शक्ति र सत्तालाई प्रयोग गर्दै सहयोद्धालाई नंगाउने गलत संस्कार हुर्किएको छ । आफुप्रति गुलामी गर्नेबाट सेवाभावको अपेक्षा गर्ने, प्रशंसा नै प्रशंसामा रमाउने र रंगीन बन्ने तर अरुले गरेको मित्रवत सर्वहारावर्गीय आलोचनालाई जीवनभर इख र इष्र्याको विषय बनाउने प्रवृत्तिलाई तुरुन्त रोक्नु पर्दछ ।

 

(xiii).  जनमुक्ति सेनाको संगठनभित्र ‘चेन अफ कमाण्ड’ को नाममा पार्टीभित्र चल्ने दुइ–लाइन संघर्षलाई सहज र स्वाभाविक रुपमा संप्रेषण नगरी प्रत्यक्ष वा परोक्ष रुपमा निषेधात्मक एकत्ववादको अभ्यास गराइएको र दुइ–लाइन संघर्षमा सहभागी हुन पाउने अधिकारलाई कुण्ठित गरिएको गुनासो आउने गरेको छ । यस्तो प्रवृत्तिलाई तुरुन्त सच्चाइनु पर्दछ ।

 

(ख). नेपालका अन्य उत्पीडित राष्ट्रियता भन्दा मधेश विकसित राष्ट्रियता भए पनि ऐतिहासिककाल देखि चर्को उत्पीडनको शिकार हुँदै आएको कुरालाई हाम्रो पार्टीले ‘आत्मनिर्णयको’ अधिकार र जातीय स्वायत्तताको नीति अन्तर्गत मधेसी मोर्चाको गठन लगत्तै मधेशमा जनयुद्धको व्यापक प्रभावको विकास मात्र भएन सिंगै मधेश माओवादीमय बन्न पुग्यो । तर आज उक्त प्रभाव यति खस्किएको छ कि हाम्रो कार्यकर्ताको हत्या हुंदा त्यसको समयमा प्रतिरोध गर्न सक्ने स्थिति छैन । यसको पछाडिका निम्न कुराहरु सहित सही समिक्षा गर्न सच्चा सर्वहारावादी क्रान्तिकारीहरुले ध्यान दिनै पर्दछ :

 

(i).  मधेशमा वर्ग संघर्षको मुख्य रुप मधेशी मुक्ति आन्दोलनलाई केन्द्रमा राखी संघर्षको योजना सार्न नसक्नु ।

(ii). हाम्रो पार्टीको संगठनात्मक संरचना भाषागत आधारमा वनाउंदा मधेश स्वायत्तता सम्वन्धी हाम्रो नीतिप्रति अविश्वास र आशंका पैदा हुनु ।

(iii).  मधेशबाट नेतृत्वको विकासमा यथेष्ट ध्यान नपुग्नु, जसको कारण हाम्रो नेतृत्वको रुप भन्दा वुर्जुवा नेतृत्वको रुप हावी भएर सर्वहारावादी आन्दोलन कमजोर हुनु ।

(iv).  पार्टी शिर्ष नेतृत्व लगायतको नेतृत्वबाट मधेशको संवेदनशीलता नजरअन्दाज गरी सार्वजनिक अभिव्यक्ति दिनुले पनि मधेशी जनतामा पंतिक्रियावादीहरुले खेल्ने पर्याप्त ठाउँ पाउनु ।

(v).  मधेशमा भइरहेको प्रतिक्रियावादी षड्यन्त्र एवं हस्तक्षेपको विरुद्ध ठीक समयमा सही प्रतिरोधको अभाव रहनु ।

 

६.आगामी कार्ययोजनावारे

 

(i).  तत्कालीन कार्यनीतिक कार्यदिशा सम्वन्धमा रहेको भ्रम र अस्पष्टता निवारण नभएसम्म संघर्षको कार्ययोजना सफल हुन सक्दैन । आन्दोलनको लक्ष्य के हो भन्ने स्पष्ट नभएसम्म आम जनता र कार्यकर्ताको स्वेच्छिक सहभागिता सुनिश्चित गर्न कठिन हुन्छ । गत वैशाखको ६ दिने आम हड्तालको कटु अनुभववाट सिकेर वेलैमा त्यसलाई सच्चाउने प्रयत्न गर्नुपर्दछ ।

 

(ii).  जनताले वु∆ने र आत्मसात गर्ने प्रष्ट नाराको अभावमा संघर्षको कार्यक्रममा जनसहभागिता सुनिश्चित गर्न गाह्रो हुन्छ । राष्ट्रियताका साथसाथै अग्रस्थानमा जनवाद र जनजीविका का माग र नारा अघि सारेर मात्र लाखौं जनताको सहभागिता सुनिश्चित हुनेछ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्दछ ।

 

(iii).  प्राविधिक तयारीको कामलाई गत कालमा झैं रहस्यमय नवनाई स्वाभाविक र व्यवस्थित गरिनुपर्दछ र त्यसनिम्ति उपयुक्त जनशक्ति र साधनश्रोत विन्यास गरिनुपर्दछ ।

 

(iv).  स्पष्ट राजनीतिक लक्ष्य, सरल र लोकप्रिय राजनीतिक नारा, ठोस संगठन र संघर्षको कार्ययोजना, वैज्ञानिक कार्यविभाजन, मूर्त प्राविधिक तयारी सहित ‘तल’ र ‘माथि’वाट संघर्ष संचालन गर्ने र जनवादी क्रान्तिलाई आÏनै मौलिकता सहित पूरा गर्ने दिशामा सम्पूर्ण पार्टी एकढिक्का भएर लाग्नु पर्दछ ।

 

समग्रमा, क. अध्यक्षद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव वैचारिक रुपमा अस्पष्ट र सारसंग्रहवादी प्रकारको रहेको, अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकनमा मनोगत रहेको, राष्ट्रिय परिस्थितिको मू�¤

Top of Form

  • किरणको फरक मतको दस्ताबेज

Posted by admin on December 27th, 2011

 

(एकिकृत नेपाल कमुनिस्ट पार्टी ( माओवादी) को केन्द्रीय समितिको बैठक चल्दै छ । प्रचण्डको दस्ताबेज रूपमा  सारसंग्रवादी र सारमा दक्षिणपन्थी रहेको कुरा टिप्पणीमा आइसकेका छन् । प्रचण्डले यथार्थलाई शब्दजालले  ढाकछोप गर्दै भ्रम दिन खोजेका छन् भन्दै कमरेड किरणले वर्तमान  यथार्थको सटिक व्याख्या गर्दै नयाँ जनवादी क्रान्तिका लागि तयारी गर्न आव्हान गर्नु बगाएको छ  । उहाँले प्रचण्डले नै पार्टीलाई प्रतिक्रियावादीको पोल्टामा पुर्याउन लागेको भनेर प्रस्ट पारेर जनविद्रोहको विकल्प छैन भन्नु भएको छ ।)

गम्भीर बन्दै गएका क्रान्ति तथा पार्टीका समस्या र तिनको समाधान’bout

१.नयाँ प्रस्तावको आवश्यकता

आज वर्गसंघर्ष अन्त्यन्तै जटिल मोडमा छ र त्यो पार्टीको दुई लाइन संघर्षमा प्रतिबिम्बित भइरहेको छ। आज नेपाली जनवादी क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहास नयाँ मोडमा खडा छ। हामी गम्भीर प्रकारको प्रशव पीडामा छौं। आज एकातिर २०५२ सालबाट पहल गरिएको महान् जनयुद्धको प्रक्रियालाई अन्त्य गर्दै देशलाई संसदवादको आहालमा डुबाउने षडयन्त्रलाई पूर्णता दिइदैंछ भने अर्कोतिर त्यसका विरुद्ध नेपाली नयाँ जनवादी क्रान्तिलाई जारी राख्तै अगाडि बढ्ने धारा पनि नयाँ प्रतिबद्धता सहित सशक्त रूपमा प्रस्तुत भएको छ।

आज नेपाली जनवादी क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा अध्यायको अन्त्य र अर्को अध्यायको थालनीको प्रक्रिया अगाडि बढिरहेको छ। आज नेपाली क्रान्तिका कार्यभारलाई सही ढंगले संवहन गर्नका लागि पार्टीका सामु वर्गसंघर्ष र दुई लाइन संघर्षका क्षेत्रमा गम्भीर प्रकारका नयाँ चुनौतीहरुको सामना गर्न तयार रहनु पर्ने ऐतिहासिक आवश्यकता समुपस्थित भैरहेको छ। यसप्रकारका चुनौतीहरूको सामना गर्दै दृढतापूर्वक अगाडि बढ्ने कि प्रतिक्रियावादसित आत्मसमर्पण गर्दै पछाडि हट्ने ? इतिहासले हामीसित स्पष्ट र सीधा उत्तरको माग गरिरहेको छ।
क्रान्ति जारी छ। यो बेला सिङ्गो नेपाली क्रान्तिसहित महान् जनयुद्धको प्रक्रियामा उल्लेखनीय योगदान गर्ने वीर सहिदहरू  बेपत्ता तथा घाइते योद्धाहरू  र जनताले प्रस्तुत गरेका त्याग, वीरता र बलिदानका उत्कृष्ट गाथाहरू  विशेष स्मरणीय रहेका छन्। जनमुक्ति र क्रान्तिका उदात्त आदर्श र सपनाहरु भीषण वर्गसंघर्ष र दुई लाइन संघर्षसँग अभिन्न रुपमा गाँसिएका छन् र तिनलाई हामीले कहिल्यै बिर्सिन सक्तैनौं।

वर्गसंघर्ष र दुई लाइन संघर्षको यो जटिलता र सच्चाइलाई ९ पौष २०६८ मा अध्यक्ष कमरेड प्रचण्डद्वारा केन्द्रीय समितिको बैठकमा प्रस्तुत “पार्टीमा विकसित संकट, तिनको समाधान र आगामी कार्यक्रम’bout संक्षिप्त राजनैतिक प्रस्ताव” शीर्षक प्रस्तावले आत्मसात गर्न सकेको छैन।

ठीक त्यसैकारण अर्को राजनीतिक प्रस्ताव तयार पार्ने आवश्यकता पैदा भएको हो।

२.अध्यक्ष कमरेडद्वारा प्रस्तुत प्रस्ताव’bout

अध्यक्ष कमरेडद्वारा प्रस्तुत प्रस्तावमा उल्लिखित मुख्य विषयवस्तु र मूल प्रवृति’bout संक्षिप्तमा यसरी अध्ययन गर्न सकिन्छ :

क. प्रस्ताव नं ४ मा पार्टीमा विद्यमान एकरूपता र विवाद’bout उल्लेख गरिएको छ। प्रस्तावमा भनिएको छ-”मालेमा/विचारलाई क्रान्तिको निर्देशक सिद्धान्त मान्ने तथा तिनका आधारभूत प्रस्थापनाहरुको रक्षा, प्रयोग र विकास गर्ने, समाजवाद र साम्यवादलाई पार्टीको अन्तिम लक्ष्य र अधिकतम् कार्यक्रम तथा नयाँ जनवादलाई पार्टीको रणनीति र त्यसको कार्यक्रमलाई न्यूनतम् कार्यक्रम मान्ने कुरादेखि आजको नेपालको ठोस अवस्थामा जनताको संघीय गणतन्त्रलाई र संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति बनाउने तथा राष्ट्रिय स्वाधीनता र संघीय गणतन्त्रमा जोड दिंदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा कुनै औपचारिक विवाद छैन। तर उपरोक्त लक्ष्य हासिल गर्ने तात्कालिक कार्यनीतिक पाइलाहरुका विषयलाई लिएर कतिपय अवस्थामा पार्टीका समग्र सिद्धान्तलाई नै आकर्षित र प्रभावित गर्ने गरी अन्तर्विरोधहरु चल्ने गरेका छन्।” यहाँ उल्लेख गरिएका कतिपय विषय’bout चर्चा गर्न आवश्यक छ।
पथप्रदर्शक सिद्धान्त’bout मार्क्सवाद-लेनिनवाद-माओवाद/माओविचारका सन्दर्भमा माओवाद/माओविचार जस्ता समानान्तर पदावली राखिनु हुँदैन भन्ने’bout बहस चल्दै आएको हो र छिट्टै प्रक्रिया मिलाई टुङ्ग्याउने सहमति भएको हो। यस सन्दर्भमा हामीले छिट्टै प्रक्रिया मिलाई ‘माओवाद’ पदावलीको प्रयोग गर्नु उपयुक्त हुन्छ भने आफ्नो अभिमत दर्ज गरेको कुरा स्पष्ट नै छ।
नयाँ जनवादलाई पार्टीको न्यूनतम कार्यक्रम र रणनीति तथा समाजवाद एवम् साम्यवादलाई अधिकतम कार्यक्रम मान्दै आएको कुरा त स्पष्ट नै छ । परन्तु अध्यक्ष कमरेडद्वारा विभिन्न प्रचार माध्यम र विशेषतः क्रमभङ्ग (अङ्क २, कार्तिक २०६८) मा दिइएको अन्तर्वार्तामा नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिको भेद धेरै नै मेटिदै गएको, नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार र समाजवादी क्रान्ति पूरा गर्ने रणनीति एउटैमा केन्द्रित भएको आदि अभिमत प्रस्तुत गरिएको सन्दर्भमा क्रान्तिको चरण, कार्यक्रम, रणनीति र कार्यनीतिका प्रश्नमा ठूलै अन्योल र गम्भीर सैद्धान्तिक प्रश्नहरु खडा हुनपुगेका छन्। यदि कुरा अध्यक्षले भन्नुभए जस्तै हो भने वहाँको जनवादी क्रान्तिसम्बन्धी अवधारणा नोकरसाह तथा दलाल पुँजीवादपरस्त बन्न गएको छ र त्यसले नेपाल जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेको मुलुकसंग मेल खाँदैन।  सो उद्धरणमा जनताको संघीय गणतन्त्र र संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति भनिएको कुरामा विवाद नरहेको कुरा बताइएको छ । परन्तु पार्टीले एकैसाथ त्यसप्रकारका पदावलीलाई समानान्तर कार्यनीतिका रूपमा कहिल्यै ग्रहण गरेको छैन। यहाँ स्पष्टतः परस्पर विरोधाभास देखिन्छ।

प्रस्ताव नं. ५ मा दुई लाइन संघर्ष वा विवादको मूल मुद्दालाई लोकतान्त्रिक गणतन्त्रको कार्यनीति सहितका उपलब्धिलाई स्थापित गर्ने र तिनलाई प्रतिक्रियावादी व्यवस्थामा आंशिक सुधार मानेर तिनको ध्वंश गर्ने-कुरामा क्रमशः बहस आकर्षित हुँदै गएको बताइएको छ। परन्तु यहाँ प्रश्न उपलब्धिहरुको ध्वंस गर्ने होइन, अपितु लोकतान्त्रिक गणतन्त्रलाई रणनीति मानेर संसदीय व्यवस्थामा टाँसिने कि जनताको संघीय गणतन्त्रको स्थापनाका लागि अगाडि बढ्ने भन्ने प्रश्न हो। अध्यक्ष कमरेडको  उक्त “स्थापित र ध्वंस” सम्बन्धी प्रस्थापना के.स.को चुनवाङ्ग बैठकमा पारित लोकतान्त्रिक गणतन्त्रलाई “प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरुले बुर्जुवा संसदीय गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारा वर्गको हाम्रो पार्टीले त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्न प्रयत्न गर्ने छ” भन्ने मान्यताका विरुद्ध परिलक्षित रहेको छ।

. त्यसैगरी सोही प्रस्तावको प्रारम्भमा पार्टीमा चलिरहेको अन्तरसंघर्षको केन्द्रबिन्दुका रूपमा मूलतः शान्ति, संविधान र सरकारसँग सम्बन्धित कार्यनीतिलाई लिइएको छ र त्यो सिद्धान्त र रणनीतिको वैचारिक बहसमा तानिएको कुरा समेत उल्लेख गरिएको छ। कुरा साँचो हो, तर हाम्रा सिद्धान्त र रणनीतिसँग  सम्बन्धित वैचारिक बसहका मुद्दा परस्पर विपरीत दुई भिन्न कोण तथा मान्यतामा आधारित रहेका छन्।

हो, शान्ति, संविधान र सरकार सिद्धान्त र रणनीतिसँग  अभिन्न रूपमा गाँसिएका छन्। अध्यक्ष कमरेडका दृष्टिमा शान्तिको अर्थ जनमुक्ति सेनाको निशस्त्रीकरण तथा आत्मसमर्पण एवम् जनवादी क्रान्तिको अन्त्य, संविधानको अर्थ संसदवादी संविधानको निर्माण र सरकारको अर्थ पुरानो राज्यमसिनरीको दासत्वको स्वीकृतिका रूपमा ग्रहण गर्नु हो । सम्झौतामा लिने र दिने गरिन्छ। परन्तु यो समग्र प्रक्रियामा लिने होइन दिने मात्र काम भएको छ। यो सम्झौता मात्र होइन, आत्मसमर्पण हो । वस्तुतः आज संविधानसभा तथा लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीति होइन, रणनीति नै बनाउँदै नयाँ जनवादी क्रान्ति र जनविद्रोहलाई तिलाञ्जलि दिने काम गरिएको छ।

प्रस्तावको सोही ५ नं. मा अध्यक्ष कमरेडद्वारा “पटकपटकको सचेत प्रयत्नका बाबजुद तत्काल जनविद्रोह सफल हुन नसकेको, कुरा उल्लेख गरिएको छ। परन्तु त्यो कुरा साँचो होइन, यो त भन्ने कुरा मात्र हो। यथार्थमा वहाँ त्यो दिशामा लाग्नु भएकै थिएन ।

ग. आज क्रान्तिका लागि विश्व र नेपाली कम्युनिस्ट आन्दोलनमा समेत दक्षिणपन्थी संशोधनवादबाट प्रमुख खतरा रहिआएको कुरा स्पष्ट नै छ। परन्तु, अध्यक्ष कमरेडको प्रस्तावको ५  नं.मा “दंक्षिणपन्थी संशोधनवादको खतरा” को सामना गरिने तथा “यान्त्रिक, संकीर्ण सोचले” प्रतिक्रान्तिलाई नै सेवा पुर्‍याउने कुरा बताइएको छ। यसबाट दुई लाइन संघर्षमा प्रहारको मुख्य निशाना क्रान्तिकारी धारातिर नै सोझ्याइएको छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ।
घ. अध्यक्ष कमरेडको प्रस्तावमा पार्टीको स्थिति’bout अत्यन्तै निराशाजनक ढङ्गले चित्रित गरिएको छ । त्यसमा पार्टी भयावह रूपले विघटित र विसर्जित भइरहेको कुरा उल्लेख  गर्दै ‘यथार्थमा पार्टी मरिरहेको’ कुरा बताइएको छ। साथै पार्टीमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी, जनवादी केन्द्रीयता, गुट-उपगुट, लेबी, कोटा, आर्थिक पारदर्शिता, त्याग, बलिदान सबैलाई व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेको उल्लेख गर्दै सबैमा समान रूपमा व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको कुरा बताउँदै समस्यालाई अन्यत्रै मोड्न खोजिएको छ । परन्तु यथार्थमा कुरा के हो भने पार्टीमा विद्यमान ती सबै प्रवृत्ति, समस्या र स्वार्थको केन्द्रबिन्दुमा स्वयम् वहाँ नै हुनुहुन्छ। साथै, यहाँ एकातिर पार्टीमा विद्यमान अभिजात वर्ग र मजदुर वर्गका बीचको अन्तर्विरोधलाई ओझेलमा पार्ने काम गरिएको छ भने अर्कोतिर पार्टीमा पुरा शक्ति मरिरहेको यथार्थलाई बङ्ग्याएर सिंगो पार्टी मरिरहेको कुरा बताइएको छ। वास्तवमा आजको यथार्थको के हो भने पुरानो पार्टी मरिरहेको र नयाँ पार्टी जन्मिरहेको छ।

ङ. अध्यक्ष कमरेडद्वारा प्रस्तुत प्रस्तावको नं.५ र नं. ८ मा कन्टेनरको चाबी हस्तान्तरण, चार बुँदे तथा सात बुँदे लगायतका सहमतिहरूलाई पार्टीका सम्बन्धित समितिका निर्णय, एकमतद्वारा पारित तथा सम्बन्धित निकायद्वारा अनुमोदित गरिएका भनेर वितण्डतावादी शैलीमा सफेद झुट बोल्ने काम गरिएको छ । यहाँनेर वास्तविकता के हो भने स्थायी समितिका बैठकहरूमा सेनासमायोजन’bout लिइएका निर्णय, चारबुँदे सहमतिमा उल्लेखित लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान लगायतका विषयमा भिन्न मत दर्ज गरिएको थियो र कतिपय विषयमा रिजर्भ समेत रहने काम भएको थियो। यहाँ विचित्र कुरा के भएको छ भने चाबी बुझाउँदा जनमुक्ति सेनाका विभागीय इन्चार्जलाई समेत कुनै जानकारी दिइएको थिएन। यसका साथै ती विषय’bout क.किरण तथा क.बादलद्वारा के.का.मा बुझाइएका पत्रहरूमा खुलस्त पारिएको छ र ती विषय’bout उक्त प्रस्तावमा कुनै चित्तबुझ्दो स्पष्टीकरण दिइएको छैन। प्रस्ताव नं.८ मा हामीले केन्द्रीय कार्यलयमा प्रस्तुत गरिएका चार बुँदे सहमति, कन्टेनरको चाबी, सात बुँदे सहमति, घरजग्गा फिर्ता, बिप्पा लगायतका विषयको उल्लेख गर्दै ती विषय’bout कहीं कतै गल्ती कमजोरी स्वीकार गरिएको छैन र सबैभन्दा पछि अध्यक्षलाई जनमुक्ति सेना लगायतका विषयमा सम्बोधन गर्ने’bout बुझाइएको पत्रका सम्बन्धमा कुनै चर्चा समेत गरिएको छैन। यहाँ विषयको गम्भीरतालाई पूरै उपेक्षा गरिएको छ।

च. अध्यक्ष कमरेडद्वारा प्रस्तुत प्रस्तावको नवौं बुँदामा पार्टीमा विद्यमान समस्याहरुको समाधानका लागि दसबुँदे उपाय प्रस्तुत गरिएको छ। बाह्य रूपमा हेर्दा सामान्य समाधानका यी उपायहरू  सही जस्तै देखिए पनि सार रूपमा तिनले समस्याको गुदीलाई आत्मसात गरेको देखिदैन। पार्टीमा विद्यमान समस्या मुख्यतः विचार र त्यसपछि विधिसंग सम्बन्धित रहेका छन्। विचारसँग  सम्बन्धित समस्या सिद्धान्त, रणनीति, कार्यक्रम र कार्यदिशासंग जोडिन पुगेका छन्। विधिसँग  सम्बन्धित समस्या मूलतः जनवादी केन्द्रीयतासँग  जोडएको छ। समस्या समाधानको केन्द्रीय उपायका रूपमा विचार र विधि दुवै दृष्टिले महाधिवेशनलाई अगाडि सारिएको छ। यी सबै विषयमा व्यापक छलफल, सही मूल्याङ्कन एवम् समीक्षा तथा आत्मालोचना नगरी र गल्ती, कमी तथा कमजोरीहरुलाई सच्याउँदै रूपान्तरणको दिशामा नगई पार्टीमा विश्वासको वातावरण बनाउन गाह्रो पर्दछ। त्यसो नगरी महाधिवेनले समस्या समाधान गर्न सक्तैन। पार्टीमा अनुशासन वा जनवादी केन्द्रीयतालाई स्थापित गर्नका लागि सर्वप्रथम पार्टीका नीति, कार्यक्रम तथा कार्यदिशा क्रान्तिकारी रहेको कुरामा सुस्पष्टता र नेतृत्वमा विश्वासको वातावरण बन्न जरुरी हुन्छ। स्वयम् मूल नेतृत्व सहित नेतृत्वका कतिपय जिम्मेवार कमरेडहरुबाटै विचार र विधि दुवै क्षेत्रमा अतिक्रमण एवम् उल्लंघन हुँदै गइरहेको स्थितिको गाम्भीर्यमाथि विशेष ध्यानदिन र रुपान्तरित हुने प्रतिबद्धता अनिवार्य रूपमा आवश्यक छ।

छ. प्रस्तावको अन्त्यमा “संगठन सुदृढीकरण तथा जनपरिचालन कार्यक्रम” प्रस्तुत गरिएको छ। जनपरिचालनको कार्यक्रम अमूर्त रहेको छ र त्यसमा संघर्षसम्बन्धी प्रश्न’bout आवश्यक ध्यान दिइएको छैन। यस कार्यक्रमका कतिपय बुँदाहरु सही नै भए पनि मूल समस्याको समाधान नगरी यसप्रकारको कार्यक्रमको कुनै अर्थ छैन।

प्रस्तुत प्रस्तावमा विशेष ध्यानदिन योग्य कुरा के छ भने यहाँ साम्राज्यवाद तथा विस्तारवादको विरोधमा र राष्ट्रिय स्वाधीनताको पक्षमा ठोस ढंगले प्रस्तुत हुने काम भएको छैन। बरु उल्टै घुमाएर बिप्पाको समर्थन गर्ने काम भएको छ।

सिङ्गो प्रस्तावमा अध्यक्ष कमरेडबाट पार्टीमा विद्यमान सङ्कटको मुख्य कारण अन्यत्रै खोज्ने वृथा प्रयास गरिएको छ, परन्तु त्यसप्रकारको संकटको मुख्य केन्द्रबिन्दु स्वयम् मूल नेतृत्वमै सन्निहित रहेको छ। समग्रमा भन्नुपर्दा प्रस्तुत राजनैतिक प्रस्ताव सारसंग्रहवादी शैलीमा आधारित तथा दंक्षिणपन्थी अवसरवाद उन्मुख बन्नगएको छ। अन्ततः यसले पार्टीमा विद्यमान समस्या तथा संकटको समाधान गर्न सक्तैन।

३.पार्टी र क्रान्तिका समस्या’bout

क. सांगठनिक समस्या

आज पार्टीमा जनवादी केन्द्रीयता, आत्मालोचना-आलोचना, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, कमिटी तथा नेतृत्व प्रणाली, कार्यशैली तथा पद्धति, आर्थिक प्रणाली, जनदिशा, कार्यकर्तानीति, अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध, सहितको समग्र व्यवस्था अस्तव्यस्त हुँदै गइरहेको छ। पार्टी उच्च र निम्न वर्गमा विभाजित हुनु, पार्टीलाई मुख्यतः क्रान्ति तथा वर्गसंघर्ष नभई सुधारवाद तथा सम्झौतावादको साधन बनाइनु, नेतृत्वका कतिपय जिम्मेवार कमरेडहरू सहित मूल नेतृत्वमा एकैसाथ नोकरसाहीपन तथा अराजकतावाद देखापर्नु र मूल नेतृत्वबाट नै, पार्टी निर्णय कार्यान्वयन गर्नुको साटो उल्टै तिनको उल्लंघन गर्दै हिड्नु नै पार्टीजीवन अस्तव्यस्त हुनुका मूल कारण हुन्। तसर्थ, पार्टीमा विद्यमान समस्याहरूको समाधानका लागि पनि सर्वप्रथम मूल नेतृत्व नै र त्यसपछि समग्र नेतृत्वपंक्ति कमी-कमजोरीहरुलाई सच्याउँदै रूपान्तरित बन्न जरुरी छ।
ख. शान्ति र संविधान’bout

हामी शान्ति र संविधानको पक्षमा छौं, परन्तु हामी राष्ट्र तथा जनविरोधी शान्ति र संविधानको पक्षमा छैनौं । देश र जनताको पक्षमा शान्ति स्थापना गर्नका लागि राष्ट्रिय सुरक्षा नीतिको निर्धारण, जनसंविधानको निर्माण, सम्मानजनक रूपमा सेना समायोजन जस्ता विषयहरू  आवश्यक रहेका छन् । परन्तु यी कुरामा ध्यान नदिई अपमानजनक रूपमा जनमुक्ति सेनाको विघटन गरिदैंछ। जनमुक्ति सेनाको समायोजन होइन, व्यक्तिगत भर्ना तथा निःशस्त्रीकरणको मोडालिटीअनुसार भइरहेको छ। त्यसैगरी जनताको पक्षमा संविधान निर्माण गर्ने भनेको सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्वमा आधारित नयाँ आधारमा राज्यको पुनःसंरचना, मजदुर, किसान लगायत जनताका अधिकारको स्थापना महिला, दलित तथा मुस्लिम समुदायका लागि विशेषाधिकार, जनजाति तथा मधेशी समुदायका लागि आत्मनिर्णयको अधिकारको स्वीकृति तथा जातीय स्वायत्त शासनको स्थापना सहित जनताको संघीय गणतन्त्रात्मक संविधान हो।
आज यस प्रकारको संविधान निर्माणको सम्भावना पनि अत्यन्तै क्षीण हुँदै गइरहेको देखिन्छ।

’cause देशी तथा विदेशी प्रतिक्रियावादीहरुद्वारा एकीकृत ने.क.पा. (माओवादी)लाई संसदवाद तथा राष्ट्रिय आत्मसमपर्णवादको भासमा फँसाउने र फेरि पनि जनतालाई धोकादिने तथा गम्भीर विश्वासघात गर्ने भीषण प्रकारका षडयन्त्रहरू  भइरहेका छन। यो स्थितिमा देश तथा जनताको पक्षमा शान्ति प्रक्रिया अगाडि बढ्ने अवस्था नै देखिदैन र संविधानको निर्माण हुने सम्भावना पनि न्यून हुँदै गएको छ।

ग. सडक, सदन र सरकार’bout

जनताको पक्षमा शान्ति तथा संविधानको निर्माणको प्रक्रियालाई अगाडि बढाउन र सो हुन नसकेको स्थितिमा नयाँ क्रान्तिको तयारीका लागि हामीले सडक, सदन र सरकारको मोर्चाहरुको प्रयोग गर्ने निर्णय लिंदै आएका छौं। परन्तु, यी मोर्चाको सही प्रयोग हुन सकेको छैन।
सडकबाट पछिल्लो समयमा संघर्षको कुनै कार्यक्रम दिइएको छैन र सडक करीब रित्तो बन्दै गएको छ। सदन अर्थात् संविधान सभामा संविधानको निर्माणमा सम्बन्धित कैयौं कमरेडहरुले यथेष्ट भूमिका निर्वाह गर्दै आए पनि स्वयम् मूल नेतृत्वबाटै जनताको पक्षमा खेल्नुपर्ने भूमिकाको पटक्कै निर्वाह गर्न सकिएको छैन, बरु उल्टै जाने काम भएको छ। विवाद समाधान उपसमितिमा अध्यक्ष कमरेड बस्नु हुँदैन भनी सर्वसम्मत रूपमा निर्णय लिइएको र सो निर्णयको उपेक्षा गरी बस्ने गरेकोमा बारम्बार नबस्न ध्यानाकर्षण गराएको स्थितिमा पार्टी निर्णयविपरीत वहाँ सो उपसमितिमा बस्दै आउनुभएको तथा अनधिकृत रूपमा पार्टीका प्रस्तावहरुलाई छोड्दै गइरहनुभएको छ। हाम्रा सभासदहरुले संघर्षका बीचबाट बहुमतद्वारा पारित गराइएका प्रतिवेदनहरुबाट अध्यक्ष कमरेडबाट कैयौं विषयहरुलाई अनधिकृत रुपमा खारेज गर्ने काम गरिएको छ। संविधान सभामा नोकरशाह तथा दलाल पुँजीपति वर्गको प्रभुत्व बढ्दै गएको छ र त्यसमा स्वयम् अध्यक्ष कमरेडबाट पूरा साथदिने काम हुँदै आएको छ। यो स्थिति कायम रहिरहेमा संविधानसभाको औचित्य पनि झण्डैं समाप्त हुँदैगएको छ।

सरकारमा रहेर देश, जनता र क्रान्तिको पक्षमा हस्तक्षेप गर्ने कुरा त परै जाओस् उल्टै विरोधमा जाने काम भएको छ। माओवादी नेता तथा कार्यकर्ताहरुमाथि जनयुद्धमा लगाइएका मुद्दाहरु फिर्ता लिने वा खारेज गर्ने सहमति भए पनि त्यसतर्फ कुनै ध्यान दिइएको छैन। फलतः जनयुद्धकालीन मुद्दा लगाई माओवादी नेता तथा कार्यकर्ताहरुलाई फँसाउनका लागि अझै गंभीर षडयन्त्र रच्ने काम भैरहेको छ। त्यस्तै सरकारमा रहेर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुको साटो उल्टै विस्तारवादको पक्षमा द्विपक्षीय लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौंता (बिप्पा) गरिएको छ र यसबाट स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको निर्माणमा थप व्यवधान पैदा भएको छ। महान् जनयुद्धको प्रक्रियामा जनताद्वारा कब्जा गरिएका जग्गाबाट उनीहरुलाई क्रान्तिकारी भूमिसुधारको मान्यताअनुरुप वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिदै छ। मजदुरहरुको हकहितमा काम गर्नु त परै जाओस् उल्टै उनीहरुलाई आन्दोलनगर्ने अधिकारबाट पनि बञ्चित गरिंदै छ। सरकारको नेतृत्वमा रहेका जिम्मेवार कमरेडहरुबाट पार्टीको कार्यदिशा, निर्णय, निर्देशन एवम् संयन्त्रको खिल्ली उडाउँदै अराजक ढंगले पेश हुने काम गरिएको छ। यो स्थितिमा पार्टी सरकारमा रहनुको कुनै औचित्य छैन।

घ. दुई लाइन संघर्षको प्रश्न
पार्टीमा लामो समयदेखि विभिन्न चरण हुँदै दुई लाइन संघर्ष चल्दै आएको छ। दुई लाइन संघर्षको मूल विषय लोकतान्त्रिक गणतन्त्रमै अडिएर बस्ने कि जनताको संघीय गणतन्त्रमा जाने, क्रान्तिलाई संसदवादमा लगेर बिसाउने कि जनविद्रोहको तयारी गर्ने, देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कि राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकड्ने, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका आधारभूत समस्याहरुको समाधान गर्दै सम्मानजनक रुपमा सेना समायोजन सहित शान्तिको प्रक्रियामा जाने कि पुरानो राज्यसत्तासित घुँडाटेक्ने, सामन्तवाद-साम्राज्यवाद विरोधी सारतत्व भएको संविधान बनाउने कि संसदवादी पश्चगामी संविधान बनाउने भन्ने नै हुन्।  पार्टीमा यो दुई लाइन संघर्ष निकै आरोह अवरोहमय ढंगले अगाडि बढेको छ। पालुङ्गटारयताको के.स.को बैठकमा आउँदासम्म पार्टीमा क्रान्तिकारी कार्यदिशा नै पारित गरिएको थियो। परन्तु जब त्यसको कार्यान्वयनको प्रश्न पैदाभयो त्यो बेला स्थिति क्रमशः उल्टिदै गयो र २०६८ बैशाखको केन्द्रीय समितिको बैठकसम्म आउँदा पार्टीको क्रान्तिकारी कार्यदिशा अल्पमतमा पर्‍यो। त्यो बेलादेखि पार्टीको नेतृत्वमा सरकार बन्ने प्रक्रिया हुँदै अहिलेसम्म आउँदा स्थिति पूरै उल्टिन पुगेको छ। २०६८ जेठमा स्थायी समितिमा गरिएको सेना समायोजनसम्बन्धी निर्णय, मधेशीसितको चारबुँदे सहमति, चाबी हस्तान्तरण, जनयुद्धकालमा कब्जा गरिएका घरजग्गा फिर्ता गराउन स्थानीय प्रशासनलाई दिइएको निर्देशन, बिप्पा प्रकरण, सेना समायोजन सहितको सात बुँदे सम्झौता यसै उलटफेरका केही उदाहरण हुन्।

दुई लाइन संघर्षलाई कुन दिशा प्रदान गर्ने भन्ने विषयमा मूल नेतृत्वको निर्णायक भूमिका हुन्छ। वर्गसंघर्षमा जस्तै दुई लाइन संघर्षमा पनि मूल नेतृत्वले क्रान्तिकारी ढंगले रणनीति र कार्यनीतिमा खेल्नुपर्ने हुन्छ। परन्तु, दुई लाइन संघर्षको प्रक्रियामा हाम्रो मूल नेतृत्वले उल्टो ढंगले रणनीति र कार्यनीतिमा खेल्ने काम गर्‍यो। त्यसले माओको ‘तीन गर र तीन नगर’को विपरीत भूमिका निर्वाह गर्न पुग्यो। यो समग्र प्रक्रियामा मूल नेतृत्वबाट क्रान्तिकारी पंक्ति तथा कार्यदिशाको विरोधमा छलछाम गर्ने, कूटनीतिमा खेल्ने, अस्पष्ट तथा अमूर्त ढंगले पेशहुने, गलाउने एवम् थकाउने, पहिले गुलियो चटाउँदै भुलाउने र अन्त्यमा धोकादिने रणनीति अवलम्वन गर्दै आउने काम भएको छ। यसप्रकारको रणनीतिले वर्गदुश्मनलाई नै फाइदा पुर्‍याउँछ र पुर्‍याउँदै आएको पनि छ।

यसैगरी मूल नेतृत्वबाटै दुई लाइन संघर्षलाई अस्वस्थ रुपदिने काम हुँदै आएको छ। अध्यक्ष कमरेडले धोवीघाट सहमति ‘अपवित्र गठबन्धन’ बताउँदै आउनुभएको छ। परन्तु अहिले वहाँ कोसँग के-कस्तो गठबन्धन गर्दै हुनुहुन्छ कुरा सुस्पष्ट छ। वहाँबाटै भिन्न मत राखने  कमरेडहरुमाथि मन्त्री तथा पद नपाएकोमा असन्तुष्ट भएका भन्दै अनर्गल आरोप लगाउँदै सिद्धान्त, विचार तथा नीतिमा आधारित दुई लाइन संघर्षको अवमूल्यन गर्दै आउने काम भएको छ। आखिर धोवीघाटको सहमतिले आफ्नै पद छिनिन्छ कि भनेर वहाँ कति चिन्तित हुनुहुन्थ्यो त्यो कुरा जगजाहेर छ।

वस्तुतः प्रश्न पदको होइन मुख्यतः क्रान्ति, सिद्धान्त र नीतिकै हो। आखिरमा अब पार्टीमा चल्ने दुई लाइन संघर्ष अभिजात वर्ग र निम्न वर्गको संघर्षको रुपमा परिणत हुँदै गएको छ। क्रान्तिकारी धाराको पराजय र अवसरवादी धाराको विजय हुँदै गइरहेको छ। अब पार्टीलाई दंक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादको दिशातिर तीब्र बेगमा हुत्याइदै छ। अझै पनि केही समय छ, हामीले पार्टीलाई त्यसप्रकारको दुर्घटनाबाट बचाउन र क्रान्तिकारी दिशामा रुपान्तरण गर्नका लागि विशेष भूमिका निर्वाह गर्न आवश्यक छ र गर्नै पर्दछ।

आजको भूमण्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा सर्वहारा वर्गका नेताहरुको आभिजात्यीकरण हुने, पार्टीमा वर्गदुश्मनको घुसपैठ बढ्न जाने र सिद्धान्त तथा राजनीतिको बन्ध्याकरण गरिने प्रक्रिया तीब्र रुपमा अगाडि बढ्ने गर्दछ। यस कुराप्रति सबै सतर्क हुन जरुरी छ।

ङ. नयाँ जनवादी क्रान्तिको सम्भावना’bout

देशमा लोकतान्त्रिक गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताको स्थापना भएपनि र हाम्रो पार्टी ए.नेकपा(माओवादी)को नेतृत्वमा सरकार बनेपनि नेपाल अझै अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा छ। राज्यसत्ता अझै दलाल तथा नोकसाह पुँजीपति र सामन्त वर्गको हातमा छ। यो बेला एकातिर मुख्यतः दलाल पुँजीपति वर्ग तथा भारतीय विस्तारवाद र अर्कोतिर नेपाली जनसमुदायका बीचको अन्तर्विरोध प्रधान अन्तर्विरोध बन्न गएको कुरा स्पष्ट नै छ।

यो बेला हाम्रा अगाडि संसदवाद तथा राष्ट्रिय आत्मसमर्पणवादका सामु झुक्ने कि जनताको संघीय गणतन्त्र तथा राष्ट्रिय स्वाधीनताका लागि संघर्षगर्ने भन्ने प्रश्न निकै गम्भीर बनेको छ। वर्तमान स्थितिमा जनसंविधानको निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाका आधारभूत समस्याहरुको समाधान हुने कुनै प्रबल सम्भावना वा खास लक्षण देखिदैन। यस स्थितिमा हामी देश, जनता तथा क्रान्तिको पक्षमा दृढतापूर्वक उभिनै पर्दछ र त्यसबाहेक अर्को विकल्प देखिदैंन।
नेपालमा नयाँ जनवादी क्रान्ति अनिवार्य रुपमा आवश्यक र सम्भव दुवै छ। तयारीका कामहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउन सकेमा जनविद्रोहका लागि प्रबल आधारहरु विद्यमान देखिन्छन्। यस सन्दर्भमा निम्न विषयहरु उल्लेखनीय रहेका छन्, पहिलोः जनता पुरा नै होइन, नयाँ तरीकाले बाँच्न चाहन्छन्। जनता परिवर्तन र रूपान्तरण चाहन्छन्। आफ्नो पक्षमा संविधान बन्ने स्थिति नदेखिएमा जनता संघर्षमा उत्रन बाध्य छन् । दोस्रोःराष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न यो बेला अत्यन्तै गम्भीर बन्दैगएको छ। साम्राज्यवादविरोधी संघर्षमा नेपालको ऐतिहासिक परम्परा रहेको छ। नेपाली जनता सबैखाले साम्राज्यवादी र भारतीय विस्तारवादी हस्तक्षेपबाट मुक्त हुन चाहन्छन्। तेस्रोःराजनीतिक, आर्थिक तथा सांस्कृतिक रुपमा संकट तीब्र बन्दै गएको छ। यो संकट प्रतिक्रियावादी राज्यसत्ताको संकट हो र यसले सबै वर्गलाई प्रभावित तुल्याएको छ। जनता यो संकट थेग्नसक्ने स्थितिमा छैनन्। चौथोः नेपाली संसदवादी तथा प्रतिक्रियावादी राजनीतिक शक्तिहरुबीच सत्ता र कुर्सीका लागि तीब्र लुछाचुँडी चल्दै आएको छ। यसप्रकारको अन्तर्विरोधबाट सिंगो राज्यसत्ता र संयन्त्र प्रभावित भएको देखिन्छ। पाँचौःनेपाललाई आफ्नो हित वा स्वार्थ अनुकूल प्रयोग गर्नका लागि कतिपय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुका बीच पनि तीब्र प्रतिस्पर्धा चलेको छ। तरपनि कतिपय मुलुकहरु नेपालको सार्वभौमिकता तथा राष्ट्रिय अस्मिताको सम्मान गर्न चाहन्छन् र गर्दै पनि आएका छन्।छैटौं: हाम्रो पार्टी जनताको आशा उज्ज्वल भविष्यको केन्द्र हो। परन्तु अहिले पार्टीमा गंभीर प्रकृतिमा विचलन पैदा हुँदै गएका छन् र त्यसैले दुई लाइन संघर्ष पनि निकै तिब्र र पेचिलो बन्दै गएको छ। देश, जनता र क्रान्तिलाई केन्द्रबिन्दुमा राखी दुई लाइन संघर्षलाई स्वस्थ तथा मैत्रीपूर्ण ढंगले सञ्चालन गर्दै र विचलनबाट मुक्त हुँदै रुपान्तरण सहित एकताबद्ध बन्नु अहिलेको आवश्यकता हो। यो आवश्यकता पूरा गर्न सकेमा पार्टी धेरै शक्तिशाली बन्ने र त्यो क्रान्तिको नेतृत्व गर्न समर्थ हुने कुरा सुस्पष्ट छ।

च.कार्यक्रम, नीति र कार्यदिशा

हाम्रो मूल कार्यक्रम, नीति र कार्यदिशाको सारतत्व भनेको देशलाई नयाँ जनवादी क्रान्ति मार्फत् अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्तगर्दै समाजवाद र साम्यवादको महान् उद्देश्य प्राप्तिको दिशामा अगाडि बढ्नु हो। हाम्रो मूल कार्यनीति जनताको संघीय गणतन्त्रको स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनजीविकाका आधारभूत समस्याहरुको समाधानका लागि जनविद्रोहको तयारी गर्नु हो। पालुङ्गटारको विस्तारित बैठक पश्चात् सम्पन्न केन्द्रीय समितिको बैठकमा आगामी कार्यदिशा र कार्ययोजना’bout जुन निर्णय लिइएका थिए ती अहिले पनि मूलतः सही नै छन् र हामी तिनलाई आधार बनाउँदै थप परिमार्जन सहित अगाडि बढ्नु पर्दछ।

छ.समस्या समाधानका न्यूनतम उपाय’bout

१. पालुङ्गटार पछिको के.स.मा पारित राजनीतिक प्रस्तावलाई आधार बनाउँदै तथा त्यसलाई परिमार्जित गर्दै अगाडि बढ्ने।

२. पार्टीका उपाध्यक्ष तथा महासचिव कमरेडबाट केन्द्रीय कार्यालयमा विभिन्न मितिहरुमा प्रस्तुत गरिएका चार बुँदे सहमति, कन्टेनरको चाबीसंग सम्बन्धित विषय, घरजग्गा कब्जा गर्न स्थानीय प्रशासनलाई दिइएको निर्देशन, सेना समायोजन सहितको सात बुँदे सम्झौता तथा बिप्पा लगायतका बहिर्गमनका परेका जनमुक्ति सेनाका मागहरुको सम्बोधन, वाइ.सी.एल तथा स्वयम्सेवक दलमा कार्यरत जनमुक्ति सेनाका योद्धाहरुको लागि उचित प्याकेजकोे व्यवस्था, नेतृत्वको सुरक्षार्थ खटिएका जनमुक्ति सेनाका सदस्यहरुको कटौती गरिएको सम्पूर्ण भत्ताको भुक्तानी, घाइतेहरुको वर्गीकरण गरी तदनुरुप पेन्सन, रोजगारी तथा प्याकेजको न्यायोचित व्यवस्था सहितका विषय तथा समस्याहरुको सही विश्लेषण तथा सम्बोधन सहित समाधान गर्ने।

३. सरकारबाट पार्टी प्रतिनिधिहरुलाई फिर्ता बोलाउने। सदनको मोर्चालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र सडकको मोर्चालाई प्राथमिकता दिने।

४. जनताको संघीय गणतन्त्रमा आधारित सामन्तवाद तथा साम्राज्यवादविरोधी सारतत्व भएको संविधान बनाउने। सो संविधानमा मजदुर तथा किसान वर्गका हकहित एवम् प्रतिनिधित्व, महिला, दलित तथा मुस्लिम समुदायलाई विशेषाधिकार, जनजाति तथा मधेशी समुदायको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय स्वायत्त शासन, नयाँ आधारमा राज्यको पुनःसंरचना, पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सहित जनताका अधिकारलाई सुनिश्चित गर्ने।

५. देश तथा जनताको पक्षमा शान्तिप्रक्रिया अगाडि बढ्ने र जनसंविधान बन्ने स्थिति नभएमा जनमुक्ति सेनाको समायोजन र संसदवादी एवम् जनविरोधी संविधान बनाउनेतिर नजाने र भिन्न परिस्थितिमा क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने।

. देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाको प्रश्नमा गम्भीर बन्ने र सन् १९५० लगायतका असमान सन्धि सम्झौता, सहमतिको खारेजी, जनसंविधान निर्माण, क्रान्तिकारी भूमिसुधार सहित जनजीविकाका जल्दाबल्दा समस्यालाई लिई संघर्षमा जाने।

७. पार्टीमा जनवादी केन्द्रीयता, कमिटी व्यवस्था तथा सामूहिक नेतृत्व प्रणालीलाई पुनः स्थापित गर्ने।

८. जनसरोकारसंग सम्बन्धित भिन्न मतमा आधारित विचारलाई सार्वजनिक गर्न पाइने र आलोचनामा स्वतन्त्रता तथा काम कारवाहीमा एकरुपताको मान्यतालाई कार्यान्वयन गर्ने।
, पार्टीको सांस्कृतिक, राजनीतिक तथा सांगठनिक जीवनलाई नयाँ ढंगले विकसित तुल्याउनका लागि न्यूनतम मापदण्ड निर्धारण गरी तत्काल व्यहारमा जाने र नयाँ ढंगको पार्टी निर्माणका लागि आधार बनाउने।

१०. हाललाई वर्गसंघर्षका समस्याहरुको समाधानसंग सम्बन्धित विषयलाई प्रधानता दिने र उक्त विषयहरुको समाधान भएपछि महाधिवेशनको तयारीमा जाने।

११. सहिद तथा बेपत्ता योद्धाका परिवारहरुको समुचित सम्मान तथा राहत प्रदान र अपाङ्ग एवम् घाइतेहरुलाई समुचित उपचारको व्यवस्था तथा राहत प्रदान, बेपत्ता योद्धाहरुको सार्वजनिकीरण गर्नका लागि विशेष ध्यान दिने।

१२. पार्टीको आर्थिक प्रणालीको सही व्यवस्थापन, लेखाजोखा तथा पारदर्शी बनाउन जोडदिने, शिविरको अद्यावधिक सम्पूर्ण हिसाब किताबको सार्वजनिकीकरण गर्ने, जनमुक्ति सेनाको सम्पूर्ण सञ्चित कोश तथा जिन्सी पारदर्शी गर्दै त्यसको न्यायोचित वितरणको व्
४. आगामी कार्यक्रम र कार्ययोजना

आगामी कार्यक्रम र कार्ययोजना चार तयारीसंग सम्बन्धित रहेका छन्। तिनलाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ :

०सैद्धान्तिक तथा राजनीतिक तयारी
• दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधगर्दै नयाँ

जनवादी क्रान्ति, जनताको संघीय गणतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा बलियो जनआधार तयार पार्ने।
• देश तथा जनताको स्वाधीनता तथा मुक्तिका लागि भरपर्दो अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध तथा जनमत निर्माण गर्ने।

• सामान्यतः सबैखाले संशोधनवाद र विशेषतः दंक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद र नवसंशोधनवादका विरुद्ध प्रभावकारी रुपमा विचारधारात्मक संघर्ष चलाउने।
• स्कुलिङ्गको थालनी गर्ने। राजनीतिक प्रशिक्षणको व्यवस्था मिलाउने ।
० सांगठनिक तयारी

क. पार्टी

• गल्ती, कमी तथा कमजोरीहरु सच्याउँदै पार्टीलाई रूपान्तरण सहित एकताबद्ध तुल्याउने।
• दुईलाइन संघर्षलाई स्वस्थ र मैत्रीपूर्ण रूपमा सञ्चालन गर्ने।

• दुईलाइन संघर्षको सञ्चालनका लागि नयाँ विधि विकसित तुल्याउने।

ख. जनस्वंसेवक

•माथिदेखि तलसम्म व्यवस्थित रुपमा संगठित गर्ने।

• ठोस योजना बनाई जनसेवा तथा जनपरिचालनका काममा लगाउने।
ग. संयुक्त मोर्चा

• केन्द्रीय रुपमा देशभक्त, गणतन्त्रवादी तथा वामपन्थीहरुसितको संयुक्त मोर्चा बनाउने।
• स्थानीय रुपमा स्थानीय विशेषता अनुरुप संयुक्त मोर्चा बनाउने।

घ. तीन साधन

स्थानीय रुपमा पार्टी, जनस्वयंसेवक र संयुक्त मोर्चाका कामलाई व्यवस्थित ढंगले अगाडि बढाउने।

ङ. कार्यकर्ता समस्या
• पार्टीमा भएका स्रोत तथा साधनहरुको समान एवम् न्यायोचित वितरण गर्ने।

• केन्द्र, राज्य तथा जिल्लाहरुमा आर्थिक योजना बनाउने र उत्पादनमूलक गतिविधि सञ्चालन गर्ने।

० संघर्षसम्बन्धी तयारी
निम्न विषयमा संघर्ष तथा जनपरिचालनका कामलाई अगाडि बढाउने- (क) जनसंविधान निर्माण, (ख)राष्ट्रिय स्वाधीनताको रक्षा, सन् १९५० को असमान सन्धि सहित उपल्लो कर्णाली तथा अरुण तेस्रो, बिप्पा लगायतका सम्झांैताको खारेजी तथा पारस्परिक समानताका आधारमा नयाँ सहमतिको व्यवस्था र सीमा अतिक्रमणको विरोध, (ग) जनजीविकाका जल्दाबल्दा समस्याहरुको समाधान र महंगी, कालो बजारी तथा भ्रष्टाचारको विरोध, (घ) क्रान्तिकारी भूमिसुधार सहित हली, गोठाला, हरुवा, चरुवा, सुकुम्बासी, कमैंयासित सम्बन्धित समस्याको समाधान, (ङ) बहिर्गमित जनमुक्ति सेनाका योद्धाहरुलाई राहत प्याकेज वा पेन्सनको व्यवस्था, वाई.सी.एल. तथा बाहिर निस्किएका जनमुक्ति सेनाका योद्धाहरुको लागि राहतको व्यवस्था, (च) सहिद तथा बेपत्ता परिवार, घाइते योद्धाहरुका समस्याको समाधान (छ) माओवादीहरुमाथि जनयुद्धकालमा लगाइएका मुद्दाहरुको फिर्ता तथा खारेजी।

०अन्य तयारी

अन्य तयारी विविध विषयमा आधारित रहेका छन्। कार्यक्रमको  तालिका
क. सांगठनिक पक्ष

• के.स.को बैठक लगत्तै राज्य तथा जिल्लाहरुका बैठकहरु बसी कामको योजना बनाउने।

• विभिन्न तहका प्रशिक्षणहरु चलाउने

ख. संघर्षसम्बन्धी पक्ष

• संघर्षको मूर्त कार्यक्रम बनाउने।

•चरणबद्ध रुपमा संघर्षलाई अगाडि बढाउने।

ग. उक्त संगठन तथा संघर्ष सम्बन्धी कामको मूर्तिकरण कार्यालय वा स्थायी समितिको बैठकमा गर्ने।

१२ पौष २०६८

 

 Bottom of Form

 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: