बालचन्द्र पण्डित

 

जनयुद्धको चचित पोस्टर छपाई र बितरणको सस्मरण
बालचन्द्र पण्डित
नेपाल कम्युनिष्ट पार्टी (माओबादी) ले २०५२ साल फागुन १ गते जनयुद्घको घोषण गरी युद्घमा सहभागी भयो । जव युद्घुको मोर्चामा पार्टी गयो ,बरिष्ठ कमरेडहरु साथै हजारंांै कमरेड भुमिगत हुनुभयो । मलाई २०५२ साल फाल्गुन १ गतेको ऐतिहासिक पोष्टर माघ २५ गते सम्ममा सवै क्षेत्रहरुलाई भाग लगाउने जीम्मा रह्रयो र मैले सबै पोष्टरहरु भाग लगाए र केन्दीय कमरेडहरुले आफनो क्षेत्रको पोष्टर लिएर जानु भयो । कमरेड प्रचण्ड २९ गते मेरो घरमा आउनु भयो र युद्घको ’boutमा मलाई जानकारी दिएर जानु भयो । फाल्गुन १ गते पोष्टरीङ्ग,सेवोटेज,वालिङ्ग एवां चौकी रेडका घटनाहरु सहित महान पार्टि ने.क. पा.माओवादी युद्घमा होमियो ।सामान्ती सत्ताको बिरुद्घ नौलो जनबादी गणतन्त्रको लक्ष्य साथ सामन्तवादको जरालाई काट्ने क्रम सुरु भयो।
मलाई ने.क.पा.(माओबादी) को छैटौ बार्षिकत्सोवको उपलक्ष्यको पोष्टर छपाउन र बितरण गर्दाको क्षणको स्मरण लेख्दैछु । ऐतिहासिक पोष्टर तयार गर्ने जिम्मा मध्य क्षेत्रलाई थियो होला त्यस अवस्थामा पोष्टर तयार गर्ने जिम्मा कमरेडलाई दिएर त्यो पोष्टर छपाउने खर्च र छपाई ल्याउने जिम्मा सहित मैले कं.प्रशान्तबाट लिएर म काठमाण्डौ आए । त्यो ऐतिहासिक पोष्टरलाई पुलीस प्रशासनबाट जोगाउनकोलागि मैले पोष्टर भन्दा ठूलो साइजको नेपाल र बिश्वको नक्सा खरीद गरी पोष्टरलाई बिचमा राखि काठमाण्डू जाने गाडीमा चढे ।
पुलीस प्रशासनले बसहरुमा व्यापकरुपमा खानतलासी लिईरहेको थियो पोष्टरलाइ देखाएर “यो के हो ”भन्दै थिए “मैले नक्सा हो फिर्ता गर्न लिएर जान लागेको म भूगोलको टिचर हु” भन्ने बनाबटी कुरा गरी पुलिसबाट फुत्कीए ।जब म काठमाण्डौ आए जनादेश परिवारलाई भेटने र उहााहरुको सहयोगबाट पोष्टर छपाउने सल्लाह कलाई थियो । जव म जनादेश कार्यलयमा गए त्यहा पुलीसले छापामारे र आदरण्ीय शहिद क कृष्ण सेन जी लाई गिरफतार गरेको रहेछ, गोविन्द जी,महेश्वर जी। सग भेट हुन सकेन र नारायण शर्मा जी सग भेट गर्न सम्भव भयो । मैले उहालाई पोष्टर छपाउने जिम्मा लिएर आएको जानकारी दिए,नारायणजीले तपाईले कसरी हुन्छ छपाउनु खै मेरो सम्र्पक छैन छपाउने ठाउमा भन्नु भयो र अव म कसरी पोष्टर छपाउने भन्नेमा म चिन्तीत भए । जनयुद्धको बार्षिर्की आउन १२ दिन मात्र थियो । मैले अव आप्mनो पहलमा नै पोष्टर धपाउने निर्णय गरी युग सम्वादका भूषण घिमिरे सग सम्पर्क गरी छपाउनका लागि सल्लाह मागे र उनले केही प्रेस लिएर गए तर ती प्रेसहरुले छपाउन नसक्ने भए,मैले करीव ४० वटा प्रेसहरु घुम्दा पनि छपपाउन नसके पछि म धेरै चिन्तीत भए । पार्टीसग लगातार सम्पर्कमा रहदै मैले अव आफनो नजीकको नातादार माध्यमवाट छपाउने बिचार गरी एकजना आफन्तको प्रेसमा गए र छपाउनकोलागी सहयोग मागे । धेरै प्रयत्न पछि उहााले दिनमा छपाउन नसक्ने राती म बसे मात्र छपाउने र राती छपाउदा २।३ दिन लाग्ने बताउनु भयो साथै त्यसको प्रेल्ट वनाएर मैले ल्याएको खण्डमा छपाउन तयार भई रेट समेत निश्चित भयो । अब मेरो अगाडी ल्पेट कहाा बनाउने भन्नेमा नै ध्यान केन्दीत भयो ा मैले बागबजारमा गई एकजनासंग निकै मेहनत पछि ल्पेट भोलीपल्ट दिने गरी तयार गर्ने जिम्मा दिई पैसा दिएर गए । भोलीपल्ट म जादा ल्पेट तयार भएको रहेछ,त्यो ल्पेट लिई म तीन बजेतिर प्रेसमा पुगे र राती आठ बजेबाट लगातार तिनदिन राती खटेर पोष्टर तयार हुदा म नियमित पार्टि सम्पर्कमा रहे । तिनदिनको खटाई पछि बिहान सात बजे मैले हिसाब बुझाई प्याकिङ्ग ११ बजे प्रेसबाट चार प्याकेट बोरामा प्याक गरेका पोष्टर लिई प्रेसबाट ऽयाक्सीमा कंलकी जान हिडे,टेकुमा मैले अरु ६ प्याकेट सकेट र अन्य सामान सहित म कंलकी चोकमा पुगे । ती सबै सामान अनलोड गरी ऽयाक्सीलाई भाडा दिए । म एक्लो गाडीको खोजीमा रहदा बसहरुले सामान नलैजाने भएपछि मैले चितबन जाने अण्डाको ऽकमा सबै सामानहरु केहि काटुनहरु ह्ुटमा केहि ऽ्कभित्र काटुनले छोपेर राखि चितबनतिर हिड्यो । थानकोटमा ट्क रोकेर यो सामान के हो भन्दै तिनजना पुलीस आए,मैले उनीहरुलाई एक एक गरी हेलो सर यता आउनुस त भन्दै ५०० का दरले पैसा दिएर बल्लबल्ल त्यहााबाट उनीहरु गए र सामान राखेको ट्क डईभरलाई जाउ भनी हामी अगाडी बढौ । जव हामी नागढुङ्घा पुगेको थियौ फेरी पुलीसले हाम्रो सामान चेक गर्ने भनी रोकी ऽकको बडीमा चढन थाले,उनीहरुलाई धेरैवेर सम्झाउन थाले, उनीहरुलाई म ब्यापारी हु कागजको डिलर छ मेरो भनी बिल समेत देखाए तर उनीहरु बिश्वासन गर्ने पक्षमा यिएननू,उनीहरु सामान हेरौ भन्दै गाडीमा चढदछन् म हजुर सर यता आउनोस् भन्दै तलतिर तान्छु ,साच्चै भन्नु भने त्यसअवस्थामा पुलीसहरु मैले लगेकोपोष्टर र सकेटहरु माथि झम्टीरहेका थिए म त्यसको आफनो बुद्धीले उनीहरुलाई नरमरुपमा एक एक गरी पछाउदै थिए,पुन उनीहरु ऋाक्रमण गर्दैथिए म फेरि प्रत्याक्रमको क्रममा उनीहरुलाई पन्छाउदै थिए,यो क्रम करीव पन्ध्र मिनेट चलेपछि एकजना पुलिस ऽक भित्र पुलीस पोष्टरको बोरा खोल्न लागेको थियो म पनि ऽकमा गएर सर यता आउनुस त हजुरलाई केहि भन्नुछ भन्दै बल्लबल्ल ऽकबाट तल झारे र उसलाई रु२००० दिएर के गर्ने सर भन्दै बल्ल हटाए,यो समयमा मलाई अव गिरफतार परिने र सामानहरु पनि नष्ट भयो भन्ने १००% नै भइसकेको थियो तर मेरो प्रयासवाट समानहरु उनीहरुको पन्जावाट फुत्काए र पार्टीले दिएको जीम्मेवारीलाई मैले आफनो दिमागले समयको सहि मुल्याकन गर्दै जनयुद्धकालको हलचल पैदा गर्ने पोष्टरलाई छपाउने र जनताका बिचमा पुराउने पार्टीको लागी आवश्यक बम वनाउने सकेट समेत पेलीस प्रशासनवाट जोगाएर चितवनतिर ऽक हुतियो । नौबिसे मा पुगेपछि फेरी पुलीसको झन्झटवाट पोष्टर वच्यो,त्यहा अलि सजीलोसग मैले सामानलाई सुरक्षितगर्दै पुलीसको आाखा छलेर लैजान सके,पुलीस ऽकमा जानु भन्दा अगाडीनै मैले कागज छ मेरो भन्दै विल देखाएर रु १००० दिएर ऽक तिरवाट फर्काउन सफल भए । जव म ऽकमा बसे ऽक फेरी हुकियो नारायणगढ तर्फ । हामी राती नौ बजे नारायणगढ बजार पुगे पछि ऽकले सामानहरु पोष्टरका चार प्याकेट र सात पाकेट सकेतहरु भmारी ऽक बिंरगन्ज तिर लाग्यो । मैले ति सामानहरुलाई ऽकवाट रिक्सामा राखि घरतर्फ लागे र क प्रशान्तलाई सामान बल्लबल्ल फुत्काएर ल्याएको जानकारी दिए र त्यसको बिभाजनगर्ने जिम्मा भोलिपल्ट मैले लिष्ट अनुसार बिभाजन गरे । प्रतिक्रियावादी सत्तालाई हल्लाउने बहुचर्चित पोष्टरलाई पार्टीको योजनाअनुसार मैले विभिन्न समस्यासग जुद्धै पुलीसहरुलाई सम्झाउने र पैसा दिएर भए पनि उनीहरुवाट फुत्काएर जोखिम बेहोर्दै पार्टीले दिएको जिम्मेवारीलाई थम्भिरतापूर्वक लिई त्यसलाई सफल वनाए । मलाई त्यस समयमा भएको पुलिसहरुले गरेको व्यवहार नाटकजस्तो लाग्छ । उनीहरु लगात्तार आक्रमण गर्दछन,म त्यसको नरमरुपमा प्रतिकार फेरी आक्रमण प्रतिकार हुदै अन्तमा प्रतिरोधवाट लक्ष्य प्राप्ती भएको महसुस हुन्छ ा

 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: