नेपालमा राजनीतिक तथा आर्थिक कुटनीतिक Bal chandra pandit

बालचन्द्र पण्डित

एक्काइसौं शताब्दीको राजनैतिक आन्दोलनको अग्रपग्तिमा रहेको नेपालमा द्रुत आर्थिक विकासको लागि छिमेकीदेश भारत र चीनको बीचमा रहेर दक्षिण एसियमा आर्थिक विकासको लागि दुई देशबीचको पुलबन्दै चीनले गरेको अपूर्व आर्थिक प्रगतिबाट सिक्ने तथा भारतबाटपनि सिकेर नेपालमा प्रचुर जलस्रोत, जनशक्ति र पर्यटन, कृषि ,जडीबुटीको परिकल्पनालाई योजना बनाएर नेपालको सही तथा व्यावहारिक  आर्थिक सुरक्षा नीति मजबुतगर्न सकेको खण्डमा नेपालको कुटनीतिक सुरक्षा नीति र प्रतिरक्षा नीतिको आधार बन्नेछ। नेपालको कूटनीति दुनिया भरमा निराशाजनक छ। कोशी गण्डकी महाकाली र अन्य असमानसन्धिहरु नेपाली राजनीतिक नेतृत्वहरुभित्रकॊ हीनभावना र दास मानसिकता कारणबाट हुन पुगेको छ। निरन्तररुपमा शोषित भैरहेकोअवस्थामा अहिलेको बिप्पा सम्झौतालाई पनि नेपालको आफनो अनुकूल राष्ट्रिय हितमा प्रयोग गर्न सकेनौं भने यसलॆ पनि अप्रत्यक्षरुपमा नेपालको आर्थिक शोषण गर्ने नै छ।राज्यले आफ्नो राष्ट्रीय हितका मुद्दामा अन्य राज्यहरुसंग राष्ट्रीयस्तरमा महत्वपूर्ण बातचितगरी तर्कसंगत मूलरूपमा आफ्नो उदारवाद र यथार्थवादको रुपमा बुद्धिवादी सिद्धान्तले आफ्नोराज्यलाई सफलबनाउने योजनामा सहमत गराउन सक्ने क्षमताहुनु नै नेता वा राजनेताको आफ्नो राज्यप्रतिको दाहित्व हो।राज्यभित्र लुकेको निहित राष्ट्रियस्वार्थ विभिन्न माध्यममार्फत प्रकट हुन आउँछ र सम्बन्ध विस्तारका लागि भेट भएका राज्यहरू आफ्नो राज्यको शक्ति विस्तारका लागि अरू राज्यको प्रयोगआफनो अनुकूल बनाउन प्रयत्नरत हुन्छन् जसले आफनो अनुकुल सफलकूटनीतिक क्षमता प्रदर्शनमा गर्दछ उस्लेनै र रास्ट्रको लागी सफलता प्राप्त गर्दछ ।विश्वमा रही आएका राष्ट्रहरू जसलाई शक्ति राष्ट्र र सहभागी राष्ट्रका रूपमा विभाजन गरेर हेर्न सकिन्छ । शक्तिराष्ट्र र सहभागीराष्ट्रको राष्ट्रिय जीवनमा हुने राजनीतिक गतिविधिको सन्दर्भमा शक्ति राष्ट्रको हकमा लागू हुने अभिरुचिले विश्व भूराजनीतिलाई आफ्नो अनुकूल गराउने उद्देश्यमा निहित रहन्छ र तदनुरूप महाशक्ति राष्ट्र र महाशक्तिका रूपमा उदाउन खोजिरहेका राष्ट्रले प्रयोगमा ल्याउँछन् भने सहभागी राष्ट्रहरू जो जनताका आधारभूत आवश्यकतासमेतलाई पूरागर्न नसकिरहेको अवस्थामा रहेको कारण सम्बन्ध विस्तारमार्फत विकास सहयोगको अपेक्षामा बढी केन्द्रित हुन्छन् ।नेपाललगायत अन्य गरिब तथा विकासोन्मुख राष्ट्रहरू, जो विश्व राजनीतिमा सहभागी राष्ट्रको मात्र हैसियत राख्छन् वा निर्णायक भूमिका राख्न सक्दैनन्, जसका लागि विकसित वा शक्ति राष्ट्रहरूबाट आर्थिक विकासका लागि अधिकतम सहयोगको स्वार्थ नै बढी रहेको हुन्छ ।आर्थिक विकासका लागि शक्ति राष्ट्रको सर्तहरू भने पालना गर्नुपर्ने देखिन्छ, भलै जसको मात्रा सहभागी राष्ट्रले प्रदर्शन गर्ने कूटनीतिक क्षमतामा निर्भर गर्छ ।
सन् १९४७ मा भारत र सन् १९४९ मा चीनमा भएका ठूला परिवर्तनले ती दुई देश बीचमा रहेको नेपाल विश्वका शक्तिराष्ट्रको दृष्टिमा पुग्नु स्वभाविक पनि हो। संसारको सर्वोच्च शिखर र सुन्दरतम् प्रकृतिको धनी हुनु बाहेक बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको जन्मस्थल हुनुले पनि नेपाल धेरैलाई याद गर्नुपर्ने राष्ट्र भयो । त्यसका अतिरिक्त सन् १९९६ बाट सुरु भएको सशस्त्र कम्युनिष्ट आन्दोलन (माओवादी जनयुद्ध) ले धेरैको ध्यान र चासो नेपालमा केन्दि्त गर्न ठूलो भूमिका खेलेको हो । माओवादी जनयुद्धको तिब्रताले राज्यशक्तिलाई चुनौती दिने स्थितिमा पुग्न थालेपछि त्यसलाई नियन्त्रण गर्न विश्वका सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकादेखि बेलायत, जर्मनी, भारत, बेल्जियम, इजरायल र चीनसम्म लामबद्ध भए। अमेरिकाले त आफ्नो अन्य विभिन्न स्वार्थहरूका अतिरिक्त माओवादी जनयुद्ध दमन गर्न नेपालमा ‘ए’ ग्रेडको राजदूतावास बनाउनेदेखि नेपाली सेनालाई प्रत्यक्ष ‘कमाण्ड’ गर्ने हदसम्म पुग्यो । अमेरिकाको यो कदम सँगसँगै नेपाल विश्व रंगमञ्चमा सबैको चासोको विषय बन्यो । विश्वभरि साम्यवादको मृत्यु’ को प्रचार भइरहेका बेला संसारको सर्वोच्च शिखर रहेको मुलुकमा ‘रातो झण्डा’ फहराउने सम्भावना तीव्र हुँदै गयो । सन् २००८ मा सम्पन्न संविधानसभाको निर्वाचनमा त्यही विद्रोहको नेतृत्व गर्ने पार्टीको विजय र सरकार बनाउने हदसम्मको राजनीतिक विकासक्रम विश्वको ध्यान नेपालतर्फ खिच्न काफी सकेको हो ।संविधानसभा ठुलो पार्टीको रुपमा माओवादी आएपछि माओबादी आर्थिक योजन अनुसार लैजान मुख्य काग्रेस,एमाले,मधेसबादी पार्टीहरु किनकी उनीहरुको कुनै आर्थिक योजना र राष्ट्र निर्माणको खाका थिएन् र गणतान्त्रिक नेपालमा आफनो पार्टी जनताबाट सिद्धिन्छ भन्ने थियो भने विदेशीमित्र राष्ट्रहरूले दीएको राष्ट्रिय ऋण चुक्ता गर्नकोलागी कुनै योजना थीएन् र दातृराष्ट्रले आफनो पुजी उठाउन दीर्घकालीन दवाबदिने भए पछी नै काग्रेस,एमाले पार्टीहरू माओवादीलाई सत्तादिन तयार भएकाहुन्।

नेपालको हालको सक्रमणकालीन अवस्थालाई केन्द्रबिन्दुमा राखेर विभिन्न राष्ट्रहरुको नीतिगत आर्थिक कूटनीति आर्थिक नीतिको मुद्दा.आर्थिक राजनेताहरुको निगरानी र देशविदेशीहरुमा आर्थिक नीतिहरुको रिपोर्ट र कसरी सर्वश्रेष्ठ प्रभाव र सरकारलाई सल्लाह प्रदानगरि आर्थिक कूटनीतिको आर्थिक संसाधनहरुको रोजगार, पुरस्कार या प्रतिबंधकोरूप,विशेषरूपले विदेशनीतिको उद्देश्यको खोज. आर्थिक कूटनीतिको निर्णयलिने , नीति बनाउने र राज्यको व्यावसायिक हितको वकालत. आर्थिक कूटनीति प्राविधिक विशेषज्ञता छ कि आफ्नो राजनीतिक माहौलमा र राज्यको आर्थिकहितमा एकदेशको आर्थिकस्थिति प्रभाव र विश्लेषणको आवश्यकता छ .राज्य पठाउन र प्राप्त गर्न, विदेशी व्यापारको रूपमा राम्रो तरिकाले नेताहरुले सरकारको निर्णय निर्माताहरुको विदेशनीतिमा सबैभन्दा अत्याधुनिक प्रौद्योगिकी, पर्यावरण, र एचआईवी / एड्स जस्तै मुद्दहरुमा राम्रो तरिकाले नीतिनिर्माण र व्यापार र वित्तको पारंपरिक क्षेत्र. बहुमुखी प्रतिभा, लचीलापन, ध्वनिकोज्ञान र मजबूत व्यावसायिक कौशलको आवश्यकता छ आर्थिक कूटनीति राज्यहरुको संस्था, व्यवसाय र अन्तर्राष्ट्रीय संगठनहरुसंग संपर्क संलग्न गर्नको लागि राज्यको आर्थिक हितहरुलाई      दीपक्षीय व्यापार विवादहरुलाई सुलऊने प्रयास र व्यापारको लागि विश्वव्यापारको उदार भागीदारसंग बातचीत, विकासको लागि सरकारी नीति तयारगर्न र राज्यको सिफारिशहरु तयारगर्न चाहन्छन् , व्यापारले सम्बन्धित समझौता र सन्धिहरुमा बातचीतको सुविधा र जानकारी वित्तीय सहायता निर्देशांक. आर्थिक कूटनीति पनि विकास भागीदारको संलग्न दुवै पठाउने पाउने साथै प्राप्त राज्यहरुमा रहनेले स्तर बढाऊने, समन्वय व्यापार नीति, खुलाबजारको बृद्धिगर्ने र राज्यहरुको नीतिहरु र हितमा अन्तर्राष्ट्रीय र दीपक्षीय वैज्ञानिक, पर्यावरण, बढी प्राविधिक क्षेत्रमा पठाऊन प्रयास गर्नुपर्छ। नेपालले आफनो कूटनीतिक समन्ध भएका राष्ट्रहरू सग के के उत्पादन हुन्छन र कुन कुन राष्ट्रले के के लिन्छन् को योजना बनाएर आफनो कोटाको सामान वा कच्चापदार्थलाई राष्ट्रहरू बिचको कारोबारलाई आर्थिक कूटनीतिका आधारमा मिलाई दिई फरक रकमले राष्ट्रिय ऋणचुक्ता गर्न सकिन्छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: